काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार

काठमाडौं । काभ्रे जिल्लाको रोशी गाउँपालिका ७ घुमाउनेस्थित रोशी खोलामा सोमबार वर्षातका कारण पानीको सतह बढ्न गई सडक कटान हुँदा भएर बाटो पूर्णरूपमा अवरोध हुँदा फसेकाहरूको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षाफौजले सकुशल उद्धार गरेको छ । 

५ वटा ईभी हाइस खोलामा फसेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुन्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यका लागि खटिएको थियो । 

सो टोलीले रोप रेस्क्युबाट उद्धार गर्न सम्भव नभएपश्चात् नं. १६ गण सिन्धुपाल्चोक र अस्थायी मनसुन प्रतिकार्य बेस पनौतीबाट विपद् व्यवस्थापन तालिम प्राप्त थप टोलीले र्‍याफ्ट बोर्डको सहायताले रिभर क्रसिङ विधिद्वारा ६ जना बालबालिकासहित ३५ जना महिला र ४८ जना पुरुष गरी ८९ जनालाई मध्यरातमा सकुशल उद्धार गरेको हो ।

सवारी साधनहरू भने अझै घटनास्थलमा नै रहेको बताइएको छ । ती सवारी साधनमा बा ४ ख ५२६१, बा ४ ख ६३५५, बा ५ ख ३१५८, बाग्मती प्रदेश ०१–००६ ख ७५९६ र बाग्मती प्रदेश ०८–००१ ख ००७७ नम्बरका रहेका छन् । 

यसैगरी काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–५ स्थित बनेपा खड्पु भित्री सडक खण्डमाLin International English Boarding School को बस फसेको भन्ने खबर प्राप्त हुनसाथ अस्थायी मनसुन प्रतिकार्य बेस पनौतीबाट सशस्त्र प्रहरीको टोली खटिगर्ई ३० जना विद्यार्थी र ५ जना शिक्षकसहित ३५ जनालाई सकुशल उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार