सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा वडाध्यक्षको नेतृत्वमा जेन–जी युवामाथि कुटपिट भएको छ। वडा नं १ का वडाध्यक्ष रामेश्वर प्रसाद महतो, उनका भतिज मुकेश महतो, अजय महतो, अनिल महतो, सहयोगी राम साह, बिजय महतो र शंकर महतोलगायतको समूहले सोही वडा निवासी किसनपुरका जेन–जी युवा विवेकानन्द गुप्तामाथि सामूहिक आक्रमण गरेको छ।
घटनास्थलका स्थानीयका अनुसार वडा अध्यक्ष महतो पक्षले गुप्ताको घर नै घेराउ गरी कुटपिट गरेको हो। यस घटनापछि गाउँमा तनाबपूर्ण अवस्था सिर्जना भएको छ।
घटनाको सुरुवात वडा कार्यालयको मोटरसाइकल चोरी विवादबाट भएको बताइएको छ। मिति कार्तिक २ गते आइतवार वडा कार्यालयका सचिव रमन लुइँटेलको मोटरसाइकल वडा अध्यक्ष महतोले प्रयोगका लागि लगेको थिए। तर सो विषयमा सचिवलाई जानकारी नदिई मोटरसाइकल लिइएपछि युवाहरूले सामाजिक सञ्जालमार्फत “वडा अध्यक्षले मोटरसाइकल चोरी गरेका छन्” भन्ने आरोपसहित पोस्ट गरेका थिए।
सोही सामाजिक सञ्जालमा फैलिएको आरोपको विषयलाई लिएर वडा अध्यक्ष पक्षले जेन–जी युवा गुप्तामाथि कुटपिट तथा गालीगलौज गरेको जेन–जी युवा दिपेश कुमार महतोले जानकारी दिएका छन्।
वडा कार्यालयका सहयोगी पशुपति महतोले आइतवार राति करिब १० बजे वडा नं १ को कार्यालय खोलदा वडा अध्यक्षले सचिवको मोटरसाइकल त्यहाँ राखेका थिय। त्यसपछि वडा अध्यक्षले आफ्नो निजि मोटरसाइकल फिर्ता लगेको बताइन्छ। यस विषयमा वडा सचिव रमन लुइँटेलले पनि पुष्टि गर्दै भने, “वडा अध्यक्षले मेरो मोटरसाइकल लग्नु नै चोरी हो, मैले अनुमति दिएको थिइनँ।”
घटनापछि जेन–जी आन्दोलनका घाइते नेता उदय महतोको नेतृत्वमा युवाहरूले वडा अध्यक्ष रामेश्वर महतोमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले वडा अध्यक्ष पक्राउ पर्नुपर्ने मागसहित नारा बाजी गरेका छन्।
जिल्ला प्रहरी कार्यलयका प्रवक्ता सरोज राईले घटनाको अनुसन्धान सुरु गरेको बताएका छन् । उनले अहिले अवस्था समान्य भएको र दुबै पक्षलाई छलफलको लागि बोलाइएको जानकारी दिए ।
सम्बन्धित समाचार
सरकारको प्राथमिकतामा राहत र पुनः निर्माण: मन्त्री घिसिङ
नेतृत्व जोगाउने कि पार्टी ?
यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक
दिक्तेल नगरपालिकाले दरबन्दीबाहेकका कर्मचारी हटाउने
हतुवागढीमा ‘दिमालुङ स्मारकसँगै पार्क निर्माण
स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँः राष्ट्रपति पौडेल
बजारीकरणका लागि खोक्सिकमा ‘कृषि बजार’ निर्माण गरिदै
सुन्दरहरैंचामा साथी कम्प्युटर सेन्टरद्वारा क्विज प्रतियोगिता सम्पन्न






