बागमती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।
चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी
चितवनको रत्ननगरमा किसान दाना उद्योगमा वाल भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते
अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड इडेन गार्डेनलाई
२१ फागुनतिर लम्किन खोज्दै राजनीतिक दल
जेनजी आन्दोलनमा सहभागी भएको वाइसीएलको खुलासा
पार्टी एकतावारे अलमलमा प्रचण्ड, नेपाल र विप्लव
“तामाङ भाषा” युट्युब च्यानलः प्रविधिमार्फत मातृभाषा सिकाइ






