स्याङ्जा । स्याङ्जाको पुतलीबजार १४ अम्बोटमा मोटर साइकल दुर्घट्नामा बरिष्ठ कृषि अधिकृतको निधन भएको छ । पुतलीबजार १४ लम्साल डाँडाका ४५ बर्षिय बरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मोटर साइकल दुर्घट्नामा निधन भएको हो ।
लम्साल आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल पुतलीखेत–सतौं भित्री पक्की सडक अन्तर्गतको पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटनामा परेको थियो । सतौंबाट पुतलीबजारको लामागेतर्फ आउदै गरेका लम्साल शुक्रबार दिउसो ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
लम्साल आफैले चलाएको मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेर दुर्घटनामा घाइते भएका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख रहेका लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा पर्दछ । यो भन्दा अगाडी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाको प्रमुख भएर काम गरेका थिए । मोटरसाइकल दुर्घट्ना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
मर्स्याङ्दीका आधा पसल दर्ता र नवीकरण बिना सञ्चालनमा
गण्डकी र लुम्बिनीको सिमानामा महामेला धर्मोत्सव
इराकको जेलमा ८ नेपाली, अवैध नेपालीलाई आममाफी दिन माग
पार्टी एकताको विपक्षमा उभिए झलनाथ खनाल
विद्यालयलाई प्रथामिक स्वास्थ्य उपचार बाकस
प्रतिनिधिसभा ब्युँताउन अदालत जाने सभामुखको तयारी
स्याङ्जा प्रशासनले भन्यो— ‘कैदीबन्दी लुकाउने कसुरदार ठहरिन्छ’
विदेशीलाई अभद्र व्यवहार गर्ने पक्राउ






