बालिका करणी अभियोगमा ठाकुर पक्राउ

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टोखा नगरपालिका–१ सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुलकुमार ठाकुरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा