गृहमन्त्रीलाई पूर्वमन्त्रीसहित एमाले नेताका चुनौती

काठमाडौं । नेकपा एमालेका केन्द्रीय तहका नेता र पूर्वमन्त्रीहरूको एउटा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘सम्हालिएर अघि बढ्न’ लिखित सुझाव दिएका छन् । पूर्वमन्त्रीसमेत रहेकी एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने, पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र डा. सुन्दरी पोखरेलले गृहमन्त्री अर्याललाई ६बु ँदे चेतावनी पत्र लेख्दै यस्तो सुझाव दिएका हुन् ।

उनीहरूले गृहमन्त्रीको भूमिकामा प्रश्न उठाउँदै जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ, धरपकड, हतियार लुट्ने समूहको खोजी, आगजनीमा संलग्नमाथिको कारबाहीलगायतका विषयमा दैनिक जानकारी गराउन आग्रहसमेत गरेका छन् ।

उनीहरूले ‘गृहमन्त्री अर्यालको शैली गुण्डागर्दी भएको, दादागिरीको जस्तो भएको पत्रमा उल्लेख गर्दै एकातिर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्रन्छु भन्दै धम्की दिने र अर्को तर्फ उनको ज्यानको सुरक्षा नहुने’भन्नेखाले अभिव्यक्ति दिएको आरोप पत्रमा उल्लेख छ । ‘पक्रने धम्की दिएपछि पक्रने उपाय खोज्नुहुन्छ, उपाय नभेटेपछि फेरि पक्रने धम्की दिनुहुन्छ । फेरि पक्रने उपाय खोज्नुहुन्छ ।

पक्रने उपाय खोज्ने र धम्की दिने काममै तपाई ंले समय बिताइरहनुभएको छ । राजनीतिक दलका नेताहरूलाई बदनाम बनाउने, उनीहरूलाई असुरक्षित बनाउने कामको नेतृत्व तपाई ंले नै लिनुभएजस्तो देखिन्छ । एउटा गृहमन्त्रीका रूपमा तपाईंका यस्ता हर्कत जनतालाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ चेतावनीपत्रमा भनिएको छ ।

उनीहरूले टीओबी (तिब्बत ओरिजिन ब्लड) का केही सदस्यहरू पक्राउ परेपछि उनीहरूको अन्तर्राष्ट्रिय र राष्ट्रिय कनेक्सन खोज्न चासो नदेखाएको, नखोज्न दबाब दिएको जस्ता गम्भीर आरोप गृहमन्त्रीमाथि लगाएका छन् । ‘जेनजी पुस्ताको आन्दोलन र आक्रोश एउटा पाटो हो, अपराध, आगजनी, तोडफोड, भौतिक आक्रमण, लुटपाट, डकैती, जेल ब्रेक अर्को पाटो हो ।’

यी सबै घटनालाई एउटै डालोमा हाल्ने अधिकार तपार्ई ंलाई कसले दियो ? लोकतान्त्रिक अधिकारको उपभोग गर्दै आन्दोलन गर्न गएका जेनजी पुस्ता र मौका यही हो भन्दै अपराध गर्न गएकाहरूलाई एउटै ठान्नु कुन नैतिकताले दिन्छ ? के तपाईं आन्दोलनमा गएका सबै जेनजीहरू अपराधी हुन् भन्ने स्थापित गर्न चाहनुहुन्छ ? कृपया यस्तो दुष्प्रयास नगर्नु होला,’ पत्रमा उल्लेख छ ।

पालमा एमाले कार्यालय
नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा आगजनी भएपछि शनिबारबाट पाल टाँगेर कार्यालय सुचारु गरिएको छ । जेनजी आन्दोलनका क्रममा एमाले कार्यालयमा आगजनी भएपछि कार्यालयबाट नियमित काम भएका थिएनन् । शनिबारबाट पाल टाँगेर कार्यालय सञ्चालन गरिएको र क्षतिग्रस्त भवन क्रमशः मर्मत भइरहेको एमालेको दाबी छ ।

भाडामा लिइएको भनिएको सो कार्यालय भवन तुलसीलाल स्मृति प्रतिष्ठानको स्वामित्वमा छ । एमालेका लागि कीर्तिपुरमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले जग्गा दान दिएर भवन बनाइदिने घोषणा गरिसकेका छन् । दसै ँअघि नै भवन बनाउन थाल्ने उनको घोषणा थियो । तर जेनजी आन्दोलनपछि अवस्था फरक भएकाले गुरुङ अहिले एमाले कार्यालय बनाउने अभियानबाट एक कदम पछि हटेका छन् ।

भाटभटेनीका १२ भन्दा बढी शाखामा आगजनी भएपछि उनले एमाले कार्यालय’bout थप बोलेका छैनन् । एमालेले बल्खुस्थित मदन भण्डारीका नाममा बनेको कार्यालय पनि अहिलेसम्म अलपत्र छाडेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही नगर्नु दुर्भाग्यपूर्ण : प्रभु साह