मिर्गौला फेरेका सतीश शाहको हृदयघातबाट निधन

मुम्बई । बलिउड अग्रज अभिनेता सतीश शाहको निधन भएको छ । शनिवार दिउँसो करिब २ः२५ बजे घरमा खाना खाने क्रममा खोक्दै ढलेर बेहोस भएका उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । हिन्दुजा अस्पतालका चिकित्सकहरूले त्यति बेला उनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

केही समयदेखि मिर्गौला समस्यासँग जुधेका उनको पछिल्लो समय मिर्गौला प्रत्यारोपण गरिएको थियो । सतीशका पिए रमेश कडालाका अनुसार उनको मृत्युको कारण मिर्गौलाको समस्या नभएर ह्ृदयघातको भएको चिकित्सकहरूको भनाई थियो । किनकि खाना खाने क्रममा खोक्दा खोक्दै जिब्रो टोकेर उनी ढलेका थिए । त्यति बेला उनलाई छात्तिमा पीडा भएको थियो ।

७४ वर्षीय अभिनेता सतीशको आइतबार दिउँसो मुम्बईको विले पार्लेस्थित पवन हंस समशानघाटमा अन्तिम संस्कार गरियो । उनलाई श्रद्धाञ्जली दिन धेरै बलिउड र टिभी स्टारहरू समशानघाट पुगेका थिए ।

सन १९५१मा मुम्बईमै जन्मेका सतीश नायकको रूपमा १९८० देखि १९९०को दशकसम्म सक्रिय थिए । त्यसपछि चरित्र अभिनेताको रूपमा काम गरेका उनले हालसम्म १२५ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका थिए ।

सन १९७० मा चलचित्र ‘भगवान् परशुराम’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेको भए पनि सन १९७६ मा उनी नायक बन्न सफल भएका थिए । सतीशले नायकको रूपमा काम गरेको पहिलो चलचित्र ‘बोंगा’ थियो ।

यस्तै हम आपका है कौन, बाजी, दिलवाले दुल्हनीय ले जायंगे, अकेले हम अकेले तुम, हिरो नं. १, जुडवां, हम साथ साथ है, कहो न प्यार हे, फिर भि दिल है हिन्दुस्तानी, प्यार की धुन, कल हो ना हो, मस्ती, मै हुँ ना, मुझसे सादी करोगी, फना, ओम शान्ति ओम, भूतनाथ, हिरो हिरालाल, आग और सोला, पुरानी हवेलीजस्ता कैयौँ हिट चलचित्रमा उनले अभिनय गरेका थिए ।

सतीश शाह भारतीय दर्शकहरूमाझ टेलिभिजन कलाकारका रूपमा पनि त्यत्तिकै परिचित थिए । सन १९८४ मा उनले टेलिभिजन कार्यक्रम ‘ये जो है जिन्दगी’ बाट टेलिभिजन यात्रा सुरु गरेका थिए । शाहलेले कार्यक्रमको ५५ एपिसोडमा ५५ फरक भूमिका निर्वाह गरेर आफ्नो अद्वितीय अभिनय क्षमता प्रदर्शन गरेका थिए । यो कार्यक्रममा उनको हास्य प्रस्तुतिले दर्शकलाई मोहित पर्ने गथ्र्यो ।

टेलिभिजन शृंखला ‘साराभाई भर्सेस साराभाई’ उनको सबैभन्दा लोकप्रिय शृंखला हो । उनी अभिनेतासँगै हास्य कलाकारका रूपमा पनि त्यत्तिकै चर्चित थिए । उनले हास्य कलाकारको रूपमै एक पटक र अभिनेताको रूपमा दुई पटक इन्डियन टेलिभिजन एकेडेमी अवार्ड जितेका थिए । चरित्र अभिनेताको रूपमा फिल्म फेयर अवार्ड समेत जितेका उनी मिर्गौला प्रत्यारोपण पछि पनि चलचित्र अभिनयमा सक्रिय हुन चाहन्थे । उनी नोभेम्बरबाट नयाँ चलचित्रको छायांकनमा जाने तयारीमा थिए । तर उनको त्यो चाहना पुरा भएन ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी