चलचित्र ‘परान’को ट्रेलरमा बुबाको पीडा

काठमाडौं । नयाँ नेपाली चलचित्र ’परान’को शनिवार काठमाडौँमा एक समारोहबिच ट्रेलर रिलिज गरिएको छ । यही १४ कार्तिकबाट रिलिज हुने यो चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा अभिनेता नीर शाह, महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रत राज आचार्य, सुरेश थापा, विनोद राई, आर्या दीप आचार्यलगायतको अभिनय रहेको छ ।

शनिवार सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरले आफ्नो छोराछोरी प्रति बुबाको लगाव र स्नेह प्रस्तुत गरेको छ । बर्तमान नेपाली समाजको घर घरको कथा ‘परान’मा रहेको यसको ट्रेलरले जनाएको छ । चलचित्र कथालाई निर्देशक दीपकले नै लेखेका हुन् । बास्वतिक घटनामा आधारित भएर आफूले यो चलचित्रको कथा बनाएको पनि आचार्यले ट्रेलर रिलिज समारोहमा बताए ।

आफ्नो जीवनको अन्तिम अवस्थामा हरेक बाबु आमाले आफ्नो सन्तानको साथ खोज्ने गरेको र त्यो साथ नपाउँदा बुबा आमामा हुने पीडालाई पनि चलचित्रको ट्रेलरमा उठान गरिएको छ । चलचित्रमा बुबाको भूमिकामा निर शाह र छोराको भूमिकामा महेश त्रिपाठी रहेका छन् ।

यो चलचित्रलाई घराना गोल्छा समूह र प्रिज्मा समूहको निर्माण गरेको हो । बाइस्कोप सिनेमा प्रा.लि.को ब्यानरमा यो चलचित्र निर्माण गरिएको छ । यो चलचित्रको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । चलचित्रलाई नेपाल सहित विदेशमा पनि एक साथ रिलिज गर्ने लक्ष्य आफूहरूको रहेको यसका निर्देशक दीपक आचार्यले ट्रेलर रिलिज समारोहमा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार