गरिबी निवारणमा शिक्षाको महत्व

प्राकृतिक स्रोत र साधनको दृष्टिकोणबाट सम्पन्न मुलुक हो, नेपाल । यहाँ जल, जमिन, जंगल, जडीबुटीलगायत भूगर्भमा रहेका सुनचाँदी, हिरामोती, युरेनियम, कोइला, पेट्रोलियम पदार्थजस्ता खानी तथा खजना यथेष्ट छन् । तर, हाम्रो देशमा उल्लेखित प्राकृतिक स्रोत र साधन अनुसन्धान, उत्खनन तथा उपयोग गर्न दक्ष मानवस्रोत अभाव छ । दक्ष मानवस्रोत उत्पादनको स्रोत वैज्ञानिक तथा गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षा अभावमा न दक्ष मानवस्रोत उत्पादन हुन सक्दछ, न त समाजमा गरिबी नै अन्त्य हुनसक्छ ।

राज्यले शिक्षालाई वैज्ञानिक, व्यवहारिक, अनुसन्धानमुलक, अन्वेषणमैत्री, तथा जीवन उपयोगी बनाउन सकेको अवस्था छैन । त्यसो त, प्रजातन्त्र स्थापना २००७ सालपछाडि आधुनिक शिक्षा सुरुआतस“गै संख्यात्मक रूपमा धेरै विद्यालय स्थापना भए ।

प्रजातन्त्र पुनःस्थापना २०४६ सालपछि दर्जनौंको संख्यामा विश्वविद्यालय स्थापना भए । राज्यले विभिन्न कालखण्डमा शिक्षा सुधारका लागि आयोग बनायो । ती आयोगद्वारा प्रतिवेदन लेखिए । तर, ती प्रतिवेदनका राय सुझावले पनि प्रभावकारी काम गर्न सकेनन् । शिक्षाले शिक्षितको आयआर्जनमा टेवा दिन सकेन ।

राज्यले शिक्षामा ठुलो लगानी गरेको छ । लगानीअनुसारको उत्पादनशील शिक्षा बनाउन राज्य सफल हुन सकेको अवस्था छैन । परम्परावादी शिक्षाका कारण प्रकृतिमा रहेका खानी तथा खनिज खोज, अनुसन्धान तथा उत्खनन हुन सकेका छैनन् ।

यसैगरी, कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण तथा आयआर्जनमुखी बनाउनसक्ने ज्ञान तथा सीप आर्जनमा परिणाममुखी भूमिका खेल्न शिक्षा असफल भयो । विश्वविद्यालय शिक्षित बेरोजगार जनशक्ति उत्पादन गर्ने उद्योगका रूपमा देखापरे । उच्चशिक्षासम्म अध्ययन गरेका युवापुस्ता रोजगारीकै लागि विदेश पलायन हुन बाध्य भए ।

वैज्ञानिक तथा गुणस्तरीय शिक्षाका करण आज युरोप र अमेरिकाका देश विकासको चरम उत्कर्षमा पुगेका छन् । कतिपय दक्षिण अमेरिका, अफ्रिका र एसियाका देश पनि विकासमा फड्को मारिरहेका छन् । आजका विकसित देशले सबैभन्दा पहिले शिक्षा विकास गरे । विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाइ उत्पादनशील बनाउन सफल भए ।

शिक्षाको माध्यमबाट अब्बल मानवस्रोत उत्पादन गरे । दक्ष जनशक्तिले आप्mनो देशमा भएका प्राकृतिक स्रोत र साधन उपयोग गरे । विज्ञान र प्रविधि विकास गरे । विज्ञान र प्रविधिको सहयोगबाट कृषि, पशुपालन, उद्योग, व्यापार, यातायातलगायत क्षेत्रमा चामत्कारिक प्रगति गरे । उत्पादनमा आधारित अर्थतन्त्र विकास गर्न सफल भए । यसरी हेर्दा आजका विकसित देशको विकासको आधार उत्कृष्ट, वैज्ञानिक तथा व्यवहारिक शिक्षा भएकोमा दुई मत छैन ।

अहिले पनि विश्वका धेरैजसो उत्कृष्ट विश्वविद्यालय अमेरिका र युरोपमै छन् । यी विश्वविद्यालयबाट उत्पादित अब्बल जनशक्ति, राजनीति, शिक्षा, कृषि, उद्योग, अनुसन्धान, अर्थव्यवस्था, सेवालगायत देशका हरेक क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएका छन् ।

हाम्रो देशको सन्दर्भमा राज्यले विश्वविद्यालयलाई उत्कृष्ट बनाउने ठोस नीति तथा कार्यायोजना निर्माण गर्न सकेको छैन । देशको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय राजनीतिक थिचोमिचोले तहसनहस बनाउने काम भयो । अन्य विश्वविद्यालय पनि राजनीतिक हस्तक्षेपमुक्त हुन सकेका छैनन् । दक्ष जनशक्ति उत्पादनको मेरुदण्ड उच्चशिक्षा तहसनहस बनाएर राजनीतिक नारामा विकास खोज्ने हाम्रा राजनीतिक दलका कारण देश समृद्ध हुन सकेन । गरिबी निवारण हुन सकेन ।

हाम्रो देशको शिक्षा प्रणाली शास्त्रीय सिद्घान्तमा आधारित छ । न्युटन, आइन्सटाइन, ग्यालिलियो, थोमस आदि वैज्ञानिकद्वारा प्रतिपादित सिद्धान्त कण्ठ गराउने पाठ्यक्रम तथा पाठ्यपुस्तकले वैज्ञानिक उत्पादन हुन सक्दैनन् । रुसो, सेक्सपियर, चर्चिल, भर्जिल, देवकोटा, सम र लेखनाथका साहित्यक सिद्धान्त र उनीहरूका योगदान पठ्यपुस्तकमा समावेश गर्ने र अध्यापन गर्ने गराउने शिक्षाको मोडलले विद्यार्थीमा सिर्जनात्मक क्षमता वृद्धि हुन सक्दैन । शिक्षा वैज्ञानिक, सिर्जनात्मक, मौलिक तथा नवप्रवर्तनमा आधारित हुनुपर्दछ ।

अहिले पनि विश्वका धेरैजसो उत्कृष्ट विश्वविद्यालय अमेरिका र युरोपमै छन् । यी विश्वविद्यालयबाट उत्पादित अब्बल जनशक्ति, राजनीति, शिक्षा, कृषि, उद्योग, अनुसन्धान, अर्थव्यवस्था, सेवालगायत देशका हरेक क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएका छन्

अहिले समाज २१औं शताब्दीमा यात्रारत छ । आजका विकसित राष्ट्रले उपयोग गरिरहेका वैज्ञानिक उपकरण हासिल गर्ने लामो समय तथा ठुलो लगानी गरे । हमीले उनीहरूले जस्तो अनुसन्धान र आविष्कार गर्नका लागि समय लगानी गर्नुपर्दैन ।

विकास पूर्वाधार निर्माण गर्नका लागि विश्वबजार ‘रेडिमेड उपकरण’ उपलब्ध छन् । राजमार्ग बनाउन डोजर छन् । टनेल बनाउने मेसिन छन् । हरेक ठाउँको हावापानी र माटो परीक्षण गरी उब्जनीको सम्भावना अध्ययन गर्ने प्रविधि सुविधा छ ।

कृषि क्षेत्रमा नयाँ, बीउबिजन, मल, खाद आदि उपलब्ध छन् । पशुपछीका नश्ल सुधार गर्ने प्रविधि छन् । बजारीकरण गर्न सञ्चार सुविधा छ । यति सुगमयुगमा पनि राज्यले शिक्षालाई उल्लेखितलगायत प्रविधि तथा उपकरणस“ग जोडर शिक्षालाई समयसापेक्ष बनाउन नसक्नु ठुलो कमजोरी हो ।

देशलाई समृद्ध बनाउन शिक्षालालाई एकातिर विश्वबजारमा उपलब्ध स्रोत र साधनस“ग जोडेर उत्पादन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा बदल्न जरुरी छ भने अर्कोतिर भूगर्भमा रहेका खनिज पदार्थको खोज, अनुसन्धान, उत्खनन र उपयोग गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि वैज्ञानिक तथा प्रविधिमैत्री बनाउन आवश्यक छ ।

शास्त्रीय मोडेलको शिक्षाले २१औं शताब्दीको समाजको माग सम्बोधन गर्न सक्दैन । शिक्षालाई गरिबी निवारण उपकरणका रूपमा उपयोग गर्न आधुनिक प्रविधिलाई आप्mनो पेशागत क्षेत्रमा जोडेर व्यावसायिक नबनाएसम्म गरिबी निवारण हुन सक्दैन ।

हाम्रो देशको सन्दर्भमा कृषि उत्पादन गर्नसक्ने शिक्षाले मात्र किसान परिवारको आर्थिक अवस्था उकास्न सक्दछ । किसानले आप्mना छोराछोरीलाइ विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययन गर्न ठुलो लगानी गरेका छन् । यद्यपि, शिक्षाले करेसाबारीमा तरकारी उत्पादन गर्नसम्म पनि सीप प्रदान गरेको छैन । न शिक्षाले आधुनिक तरिकाले गाई, भैंसी, भेंडा, बाख्रा, कुखुरा, माहुरी पालन गर्नसक्ने ज्ञान तथा सीप दिन सकेको छ । न त भिरपाखामा अलपत्र जडिबुटी पहिचाान तथा उपयोग गर्नसक्ने क्षमता प्रदान गरेको छ ।

हाम्रोजस्तो ६० प्रतिशतभन्दा बढी जनता कृषिमा संलग्न भएको देशमा कृषि शिक्षा महत्वपूर्ण हुन्छ । आधुनिक कृषि र पशुपालनलाई वैज्ञानिक तरिकाले विकास गरी किसान परिवारको आयआर्जन बढाउन सकिन्छ । यसका लागि राज्यले दीर्घकालीन योजनाअन्तर्गत कमसे कम एउटा स्थानीय तहमा एउटा कृषि विद्यालय व्यवस्था गर्नुपर्दछ भने अल्पकालीन रूपमा हरेक पालिकामा आधुनिक कृषि तालिम आयोजना सञ्चालन गरी किसान परिवार, स्थानीय युवा, शिक्षित बेरोजगार, परीक्षा दिएर बसेका विद्यार्थीलगायत उमेर समूहका नागरिकलाई व्यावसायिक कृषि तथा पशुपालन तालिम व्यवस्था गर्नुपर्दछ ।

नेपाल भौगोलिक विविधताले भरिएको देश हो । तराईदेखि हिमालसम्मको भौगोलिक विविधताअनुसार हावापानी, माटो अनुसन्धान गरी उत्पादन सम्भावना पत्ता लगाउनसक्ने शिक्षा भएको भए हिमाली, पहाडी र तराइ क्षेत्रका शिक्षित जनशक्ति कृषि, पशुपालन, फलपूmल खेती, पुष्पखेती, तरकारी खेती जडीबुटीलगायत उत्पादनमा संलग्न हुने थिए ।

हिमाली क्षेत्रमा सम्भावित आर्थिक क्रियाकलाप, जस्तै आधुनिक भेंडा, च्याङग्रा उत्पादन फर्म, चौरी पालन, स्याउ खेती, यार्सागुम्बुको व्यावसायीकरणलगायत क्षेत्रलाई आयआर्जनको स्रोत बनाउनसक्ने थिए भने पहाडी र तराइ क्षेत्रमा हुने उत्पादन व्यावसायिक अन्नबाली उत्पादन, फलफुल खेती, उन्नत जातका गाई, भंैसीपालन, माहुरीपालन, रेशम खेतीलगायतका क्षेत्र खोज्ने, रोज्ने र आधुनिक उत्पादन गर्ने कार्यमा संलग्न हुने थिए ।

बेरोजगारी र गरिबी एकअर्काका परिपुरक हुन् । रोजगारीले आयआर्जन गर्ने अवसर दिन्छ । आर्थिक आयआर्जन अभावमा व्यक्ति सम्पन्न हुन सक्दैन । व्यक्ति सम्पन्न नहुनु भनेको समाज र देश नै गरिब हुनु हो । हाम्रो शिक्षा प्रणाली जीवन उपयोगी हुन नसक्दा शिक्षित युवापुस्ता आधुनिक कृषि क्षेत्रमा विकासको फड्को मार्न सफल भएका देश न्युजिल्यान्ड, रोमानिया, इजरायल, चीन, भारत, दक्षिण कोरियालगायत देशमा गएर कृषि क्षेत्रमा नै काम गर्न बाध्य भएका छन् । किसान परिवारका खेतबारी बाँझिएका छन् ।

शिक्षाले शिक्षित नागरिकलाई आफूले अध्ययन गरेको संकाय वा विषयलाई आधार बनाएर आयआर्जन गर्नसक्ने ज्ञान तथा सीप प्रदान गर्नुपर्दछ । यसो भएमा शिक्षा गरिबी निवारणको माध्यम बन्न सक्दछ । यसर्थ, राज्यले शिक्षालाई वैज्ञानिक तथा व्यावसायिक बनाउनुपर्दछ । यसोगर्दा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, तथा शिक्षण विधिलगायतमा संशोधन, परिमार्जन एवं परिवर्तन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी