विदेश छाडेर स्वदेशमा सीप सिकेर उद्यमी बनेका ‘हरि’

भोजपुर । यहाँका युवाहरुमा पछिल्लो समय सीप सिकेर उद्यमीसँगै स्वरोजगार बन्ने लहर बढ्दै गएको छ । युवाहरुले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कतिपय युवाहरु भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन् ।

विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर भोजपुरमा सफल उद्यमी बन्नु भएको छ हरि मगर(बाजिन) । वैदेशिक रोजगारीमा दश वर्ष विताएर स्वदेश फर्कनु भएका मगरसँग हात्ते ट्याक्टर मर्मत गर्ने सीप छ । यहि सीप अहिले उहाँको जीवन धान्ने साधन बनेको छ ।

जिल्लामा व्यावसायिक रुपमा कृषि यन्त्र उपकरण विक्री वितरणसँगै मर्मतमा लाग्नु भएका मगरलाई अहिले कामले भ्याईनभ्याई बनाउने गरेको छ । विदेशबाट फर्केर पाँच वर्ष अघिबाट ट्याक्टर बनाउने काममा लागेपछि पछाडी फर्केर हेर्नु नपरेको मगरको भनाइ छ । स्थायी घर धनकुटाको छथर जोरपाटी भएका मगर शुरुमा हाते ट्याक्टर मर्मत गर्ने सोचले भोजपुर आएको बताए ।

लामो समय विदेशमा विताए पश्चात सीप सिकेर यहि नै काममा लाग्नु भएका मगर अहिले सफल उद्यमीको रुपमा चिनिनुुहुन्छ । शुरुमा हाते ट्याक्टर मर्मतको सीप लिएर सानोतिनो काम गर्ने सोचले यो पेसामा लाग्नु भएका मगर अहिले उदाहणीय उद्यमी बनेका छन् । सीपले उद्यमीसँगै स्वरोजार बनाएको मगरले बताए ।

‘मैले विभिन्न देशमा गरी दश वर्ष विताए’मगरले भने,‘विदेशबाट आएपछि मैले घरेलुमार्फत हाते ट्याक्टर मर्मत गर्ने सीप लिने मौका पाए । सीप लिए पश्चात गाउँघरमा पुगेर किसानको सेवा गर्ने लक्ष्यले म भोजपुर आएको थिएँ । तर त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनायो ।’

आफुले सञ्चालन गरिरहको उद्यमबाट अहिले अन्य तीन जनालाई रोजगारी दिएको उनले बताए । गाउँघरमा हाते ट्याक्टरले खेतीबारी जोत्ने चलन बढेसँगै कामको चाप पनि बढेको उनको भनाइ छ । भोजपुर नगरपालिका ७ सातधारामुनी कृषि औजार उपकरण बिक्री पसलसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ ।

ट्याक्टर बिग्रिएर समस्या परेका किसानलाई खेतवारीमा नै पुगेर सेवा दिने गरेको मगरले बताउनुभयो । साथै सीप सिक्न चाहने किसानलाई निःशुल्क सीप दिने गरेकोसमेत उनको भनाइ छ । करिव. ६० लाख लगानीमा उद्यम सञ्चालन गरिरहेको उनले बताए ।

‘मैले आफैँले सिकेको सीपबाट कमाएको पैसाले पसल पनि सञ्चालन गरिरहेको छु’ उनले भने‘साथीहरुको लहिलहिमा लागेर विदेश गइयो । अहिले यहि सीप सिकेर विदेशको भन्दा राम्रो आम्दनी गरिरहेको छु । सीपले मानिसलाई सक्षम बनाउने रहेछ ।’

यहाँबाट जिल्लाभरका किसानलाई आफूले जानेको सीप दिँदै आएको उनको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय तहले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षक रुपमा काम गर्ने मौका पाउने मगरले बताए । तालिममार्फत दुई सय बढी किसानलाई हाते ट्याक्टरमर्मतको सीप दिइसकेको उनको भनाइ छ ।

पछिल्लो समय गाउँघरमा गोरुले जोतेर खेती गर्ने चलन कम हुँदै आएको छ । कृषि जन्य यन्त्र उपकरणको प्रयोगले किसानलाई सहजता भएपनि सञ्चालन तथा मर्मतको ज्ञान नुहँदा भने किसानले समस्या भोग्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा