काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
सर्वोच्च अदालतको एनेक्स भवनको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइमा रिट निवेदक डा प्रेमराज सिलवालले बहस प्रारम्भ गरेका थिए । त्यसैगरी, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र शेरबहादुर केसी बहसमा सहभागी भएको तथा सुनुवाइको क्रम जारी रहेको छ । सर्वोच्च अदालतमा बुधबारदेखि संसद् विघटनविरुद्ध दायर फरकफरक १६ वटा रिटमा सुनुवाई हुँदैछ ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा २७ भदौमा चुनावी सरकार गठन भएको थियो । सोही दिन कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचन नभए संसद पुनस्र्थापनातर्फ माहोल बढ्ने राजनीतिक बजारमा चर्चा छ ।
सम्बन्धित समाचार
देउवाको सुझबुझपूर्ण नेतृत्व हस्तान्तरण
महाधिवेशन प्रस्ताव गरेर मैदानमा उत्रिए ओली
विद्याको सदस्यता खुल्ला गरेर मार्ग प्रशस्त गर्न ओलीलाई एमाले बैठकको सुझाव
सरकारलाई छक्याउँदै चोरबाटोबाट विदेश उड्यो संसदीय टोली
कम्युनिस्ट ‘गुरु’को ‘राजनीतिक संन्यास’
प्रधानमन्त्री कार्कीसँग ७ दलको छलफल अपरान्ह ४ बजे
सिफारिस भएका चारमध्ये दुई मन्त्रीको मात्रै शपथ
ओलीसहित ५ जनाको पासपोर्ट रोक्काविरुद्ध रिट






