भुगोल सानो हुँदैमा कुनै राष्ट्र सानो हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलवार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले हरेक राष्ट्रको आफ्नै स्वाभिमान हुने धारणा राखे ।

कतिपय बुद्धिजिबीले छिमेकीको इशारामा सरकार फेरिने टिप्पणी गरेको भन्दै उनले भने ‘यो सरकार नेपाली जनताले बनाएको हो । कुनै विदेशको इशारामा ढल्दैन ।’ साथै उनल नेपालमा अब कुनै तानाशाह आउने सम्भावना नरहेको बताए । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा प्रधानमन्त्री ओलीले अहिलेको सरकारले छानबिन गर्न थालेपछि केशहरु देखिएको टिप्पणी गरे । भ्रष्टाचारीलाई छानबिन र कार्वाही गर्ने काम अगाडी बढ्दै जाने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान