राजधानीकर्मी सिग्देललाई सहकारीले सम्मान गर्ने

स्याङ्जा । रोयल बचत तथा ऋण सहकारी संस्था पुतलीबजारले राजधानीकर्मी पत्रकारलाई सम्मान गर्ने भएको छ । सहकारी संस्थाले राजधानी दैनिकका स्याङ्जा संवाददाता श्रीकृष्ण सिग्देललाई सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो । सिग्देललाई सहकारी संस्थाको २४औं साधारण सभाको अवसर पारेर कार्तिक १४ गते सम्मान गर्न लागेको जनाएको छ ।

सिग्देललाई सहकारी अभियानमा कलम चलाएको भन्दै रोयल सहकारीले साधरणसभामा नगदसहित सम्मानित गर्ने जनाएको हो । विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल सिग्देल झण्डै एकदशक देखी राजधानी दैनिकमा काम गर्दै आएका छन् । पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष समेत रहेका सिग्देल हाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य हुन् ।

लामो समयदेखि देखि संचार क्षेत्रमा कार्यरत सिग्देलले कृषि, सहकारी, खोजमुलक, भष्ट्रचार बिरुद्ध र समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । सहकारीले हरेक वर्ष एकजना पत्रकारलाई सम्मान गर्दै आएको छ । यो पटकको साधरणसभामा राजधानीकर्मी सिग्देललाई सम्मान गर्ने निर्णय भएको सहकारीका सचिव प्रकाश डोटेलले जानकारी दिए ।

सहकारीले गत बर्ष पत्रकार प्रदिप कोइराला र त्यो भन्दा अगाडी भवानी अधिकारीलाई सम्मान गरेको थियो । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध क्षेत्रमा कलम चलाउने जिल्लाका उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने अभियान शुरु गरेको छ । जिल्लालाई कार्यक्षेत्र बनाइ सक्रिय पत्रकारिता गरिरहेका पत्रकारलाई मात्र सम्मानमा छनोट गरिने सहकारीले जनाएको छ ।

अग्रज पत्रकार सिग्देललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा रोयल वचत तथा ऋण सहकारी संस्थाको कार्यसमितिले सम्मान गर्ने निर्णय गरिएको सहकारीका अध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

जिल्लाकै सबैभन्दा ठुलो र कार्यक्षेत्र धेरै रहेको सहकारीले ग्रामिण क्षेत्रका नागरिकको आयआर्जनमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ । कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्रथामिकता दिएर सेवा प्रवाह गर्दै आएको रोयल सहकारी स्याङ्जा जिल्लाकै वित्तिय कारोवारमा अग्रणी स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी