लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक

सप्तरी, राजविराज । लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका यूवाहरु यतिबेला श्रमदान गरि बाटो निर्माणमा जुटेका छन् ।

जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने अढाई किलोमिटर बाटो निर्माणमा सोही गाउँपालिका ६ खुदीबखारीका यूवाहरु विगत डेढ महिनादेखी उक्त अभियानमा जुटेका हुन् । डेढ महिनाको अवधीमा उनीहरुले ४ मिटर चौडाईको २ किलोमिटर कच्चि बाटो निर्माण गरिसकेका छन् ।

करिब ३ दर्जन यूवाहरुले सामाजिक दुरी कायम गर्दै बाटो निर्माण अभियानमा जुटेको श्रमदानमा खटिएका स्थानिय युवा कृष्णकुमार मण्डलले बताए । बाटो निर्माणका लागि श्रमदान सँगै आवश्यक उपकरण र माटो ढुवानीका लागि प्रयोग गरिने ट्रयाक्टरको भाडा खर्च आदी जुटाउन चन्दा संकलन समेत गरेर बाटो निर्माण कार्य अघि बढाइएको उनले बताए । बाँकी रहेको आधी किलोमिटर सडकको निर्माण कार्य पनि १०÷१५ दिन भित्रै पूरा गरिसक्ने लक्ष्यका साथ काम भइरहेको श्रमदानमा खटिएका अर्का यूवा अशोक यादवले बताए ।

सदरमुकाम राजविराज जाने बाटो र छिन्नमस्ता भगवती मन्दिरसम्म जाने बाटोमा जोडिएपछि आवागमन तथा गाउँको कृषि उत्पादन बजारसम्म पु¥याउन समेत सहज हुने स्थानियले विश्वास व्यक्त गरेका छन् । गाउँका यूवाहरुले गरेको प्रयासको प्रशंसा गर्दै स्थानियवासीले सडक निर्माणमा खटिएका यूवाहरुलाई सम्मान तथा कालोपत्रे गर्न आवश्यक पहलका लागि स्थानिय तहलाई सुझाव समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने