जेनजी आन्दोलनले कोशीमा ७७ करोड रुपैयाँ बराबरको क्षति

इटहरी । २४ भदौमा मा भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा करिब ७७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनअनुसार आगजनी र तोडफोड हुँदा उक्त क्षति भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको प्रतिवेदनअनुसार आन्दोलनबाट भएको कुल ७७ करोडको नोक्सानीमध्ये ५४ प्रतिशत सवारी साधनमा क्षति भएको छ । प्रदेश सरकारका विभिन्न निकायका २६५ वटा सवारी साधनमा आगजनी र तोडफोड भएको थियो । जसको मूल्य कुल ४१ करोड ५२ लाख ९४ हजार बराबर रहेको छ । सवारी साधनमा भएको क्षतिको ९० प्रतिशतभन्दा बढी हिस्सा मोरङ जिल्लामा केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १३ करोड ५ लाख ८९ हजार ७१४ रुपैयाँको क्षति भएको छ । मन्त्रालयको ६ करोड ८० हजार बराबरका सवारी साधन जलेका छन् । यसैगरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा १२ करोड ८२ लाख ९३ हजार ४९८ रुपैयाँ पुगेको छ । जसमध्ये ६ करोड ४३ लाख ५९ हजार ६३१ रुपैयाँको क्षति भएको छ । प्रदेशसभा सचिवालयमा १२ करोड ६७ लाख ४५ हजार ३५२ रुपैयाँ बराबरको क्षति हुँदा प्रदेशसभा सचिवालयको मातहतमा रहेका सवारी साधनमा ५ करोड ५ लाख ३७ हजार ७९६ रुपैयाँ बराबरको क्षति भएको छ ।

यता, भौतिक पूर्वाधार विकास मन्त्रालयमा आन्दोलनका क्रममा ८ करोड ८८ लाख ७९ हजार ६९१ रुपैयाँको क्षति भएको छ । जसमध्ये सवारीसाधनमा ४ करोड ४४ लाख ७५ हजार ८५५ रुपैयाँको क्षति भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ८ करोड १५ हजार ८३० रुपैयाँ क्षतिमध्ये ६ करोड ३७ लाख ८९ हजार ८९५ रुपैयाँको सवारी साधनमा क्षति पुगेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयमा ६ करोड ५५ लाख ७५ हजार १७६ रुपैयाँको क्षति भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा आगजनी, तोडफोड र लुटपाट हुँदा ३ करोड ५८ लाख ४० हजार ७९५ रुपैयाँको नोक्सानी भएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा २ करोड २३ लाख ९५ हजार ३७६ रुपैयाँको क्षति भएको छ । सामाजिक विकास मन्त्रालयमा १ करोड २२ लाख २२ हजार १३४ रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

कुल क्षतिमध्ये क्षतिग्रस्त सरकारी भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि १८ करोड ४६ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको डोजर आतंकबाट त्रसित सुकुम्बासीलाई प्रभु साहको साथ