काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन् । लामो राजनीतिक र रणनीतिक छलफलपछि घिसिङ आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने मनसायमा पुगेका हुन् ।
उज्यालो नेपाल र नेपाल विकास दल नाम छलफलमा, चुनाव चिह्न बिजुलीको चिम
मन्त्री घिसिङ निकट स्रोतका अनुसार पार्टी दर्ता गर्ने निर्णय’bout अन्तिम टुंगो आज वा भोलिसम्ममा लाग्नेछ । केही दिनअघिसम्म उनले पार्टी कसै अर्को व्यक्तिको नाममा दर्ता गर्ने, त्यसपछि प्रतिनिधिसभा निर्वाचनअघि नेतृत्व सम्हाल्ने योजना बनाइरहेका थिए । उक्त अवधिमा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको नाममा दल दर्ता गर्ने प्रस्तावसमेत आएको थियो ।
तर पछिल्ला दिनमा भएका छलफलहरू, विशेषगरी आइतबार भएको बैठकपछि घिसिङले आफैंको नेतृत्वमा अहिले नै पार्टी घोषणा गरेर अघि बढ्ने निष्कर्ष निकालेका हुन् । स्रोतका अनुसार पार्टी कात्तिक १९ गते (बुधबार) दर्ता गर्ने तयारी भइरहेको छ । पार्टीको नाम’bout भने अझै अन्तिम निर्णय भएको छैन । ‘उज्यालो नेपाल’ र ‘नेपाल विकास दल’ जस्ता नामहरू छलफलमा छन् ।
घिसिङले ‘उज्यालो नेपाल’ नाम र ‘बिजुलीको चिम’ चुनाव चिह्नप्रति सकारात्मक देखिएका भए पनि यस’bout अन्तिम टुंगो बाँकी रहेको स्रोतले बतायो । पार्टी दर्ता भएपछि घिसिङलाई अध्यक्ष बनाइने र अन्य सबैलाई तत्कालका लागि केन्द्रीय सदस्यका रूपमा समावेश गरिने योजना रहेको पनि बताइएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्कीसँग ७ दलको छलफल अपरान्ह ४ बजे
निर्वाचनलाई भयरहित बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री कार्की
‘चोरबाटो’बाट विदेश पुगेका संसद्का कर्मचारीको खर्च बेरुजूमा
सिफारिस भएका चारमध्ये दुई मन्त्रीको मात्रै शपथ
मन्त्रिपरिषद् विस्तारः २ मन्त्रीको शपथ
ओलीसहित ५ जनाको पासपोर्ट रोक्काविरुद्ध रिट
जेन्जीका नाममा न्यायालय र प्रहरी माथि आक्रमण भयो : महासचिव पोखरेल


								
											
											
								
								



