जेन–जी आन्दोलनका घाइते सुवेक भण्डारी अझै पीडित

सर्लाही । मकवानपुरको हेटौडामा जेन–जी आन्दोलनका क्रममा घाइते भएका सर्लाहीका सुवेक कुमार भण्डारी अहिले उपचारपश्चात पनि कठिन जीवन बिताइरहेका छन्। आन्दोलनका क्रममा प्रहरीले गरेको दमनका कारण उनको खुट्टा भाँचिएको हो।

भण्डारीका अनुसार खुट्टामा स्टिल राखिएको छ र लामो समय हेटौडा अस्पतालमा उपचार गराइएको थियो। “ भण्डारीले भने, “हेटौडामा उपचार भयो, तर न सरकारले सहयोग गर्‍यो, न त जेन–जीका नेताहरूले नै ध्यान दिए।”

उनी हाल हेटौडामा अध्ययनरत विद्यार्थी हुन्। आर्थिक अवस्था कमजोर भएकाले उपचारपश्चातको खर्च र अध्ययन दुबै सम्हाल्न कठिनाइ भएको उनले बताए। “म आन्दोलनको लागि सडकमा निस्केको थिएँ, तर अहिले उपचार र खर्चको चिन्ताले पढाइमै असर परेको छ,” उनले दुःख व्यक्त गरे।

भण्डारी सर्लाहीको मलंगवा नगरपालिका निवासी हुन्। उनले घाइते हुँदा जेनजी अगुवाहरूलाई जानकारी गराएको दाबी गरे पनि कसैले पनि कुनै चासो नदेखाएको आरोप लगाए।

स्थानीय युवाहरूले भने भण्डारी जस्ता घाइतेहरूलाई बेवास्ता गर्नु अन्यायपूर्ण भएको बताउँदै सरकारले र जेन–जी आन्दोलनका नेतृत्वहरूले जिम्मेवारीका साथ सहयोग गर्नुपर्ने बताएका छन।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको डोजर आतंकबाट त्रसित सुकुम्बासीलाई प्रभु साहको साथ