‘मन बिनाको धन’ लाई युनिभर्सल प्रमाणपत्र

काठमाडौं । यही शुक्रवार २१ कात्तिकबाट मुलुकका चलचित्र घरमा रिलिज हुने नेपाली चलचित्र ‘मन बिनाको धन’ मंगलबार सेन्सर पास भएको छ । यसलाई चलचित्र जाँच पास समितिले सबै उमेर समूहले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको छ ।

बाटोमा गीत गाउँदै मागेर परिवार चलाएका बाल गायक अशोक दर्जीको संघर्ष कथामा आधारित रहेर यो चलचित्र निर्माण गरिएको हो । चलचित्रमा अशोकसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, रक्षा श्रेष्ठ, प्रियंका झालगायतको अभिनय छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’मा टंककै कथा, शिवम अधिकारीको पटकथा संवाद छ । जसमा विष्णुमाया मैनाली निर्माता, सपना शर्मा कार्यकारी निर्माता, जी.पी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सह निर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

यो चलचित्रलाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ । जसमा टंककै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले