ओरालो लाग्दै गएको सुनचाँदीको मूल्यमा आज वृद्धि, सुन तोलामै चार हजार ८०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । लगातार घटेको सुनचाँदीको मूल्य आज उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार सुन तोलाको दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको भन्दा चार हजार ८०० रुपैयाँ बढी हो । हिजो आइतबार सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घटेर दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज सोमबार चाँदी तोलाको तीन हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आइतबारको भन्दा ४५ रुपैयाँले बढी हो । आइतबार चाँदी तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य शुक्रबारको भन्दा ४५ रुपैयाँले कम हो । चाँदी शुक्रबार तीन हजार ११० रूपैयाँमा किनबेच भएको थियो । बिहीबार भने प्रतितोला तीन हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु