आन्तरिक पर्यटनको केन्द्र बन्दै उदयपुरगढी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका– ५ स्थित पुरानो सदरमुकाम उदयपुरगढी पुन निर्माणसँगै अढाई सय वर्ष पुरानो पुरात्वयीक तथा ऐतिहासिक स्थल उदयपुरगढी पुननिर्माणसंगै आन्तरिक पर्यटकीय केन्द्र बनेको छ । भग्नावशेष मात्र रहेको गढीको पुनःनिर्माण गरिएपछि आकर्षण थपिएको हो । १५ औं शताब्दीको उत्तरार्थतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ ।

उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाखको लगानीमा गढीको पुनः निर्माण भएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले जानकारी दिए । उनले सो ठाउँ देशकै सय पर्यटकीय गन्तब्य मध्ये एक भएकोले जिल्ला मात्र हैन प्रदेशमै उत्कृष्ठ बनाउने योजना रहेको बताए । पुनः निर्मित संरचनाले ऐतिहासिक युद्धभुमी गढीको झलक दिएको छ ।

गढीको मुख्यगेट, तोप, राजाचढेको घोडा, मन्दीर र पर्खालहरु पौराणिक र ऐतिहासिक महत्वका छन् । गढी छेउमै प्राचिन दरबारका भग्नावशेष, पञ्चावती मन्दीर, बषौं पुराना बरपिपल,। प्रस्तर स्तम्भ, सिंहको मूर्ति, गणेशमुर्ती विशेष छन् ।

त्यहाँको ऐतिहासिक र पौराणीक कुराहरु अत्यन्तै महत्वपूर्ण रहेको पालिका उपाध्यक्ष जितबहादुर खड्काले बताए । यो पर्यटकका लागि अत्यन्तै महत्वपूर्ण आकर्षणको कुरा रहेको उनको भनाई छ । त्यहाँ पर्यटकले हेर्ने र रमाउने, अवलोकन, अध्यायन र शिक्षा लिने कुरा अनगिन्ती रहेको उनको भनाई छ । तत्कालीन राजा उदयचन्द्र सेनको नामबाटै जिल्लाको नाम उदयपुर रहन गएको मानिन्छ । २०२८ साल जेठ ९ गते उदयपुरगढीबाट रातारात सदरमु्काम गाईघाटमा सारिएको थियो ।

उदयपुरगढी अब पर्यटकीय एक महत्वपूर्ण स्थलको रुपमा स्थापित भइ रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताए । त्यहाँको ब्यवस्थापन र प्रचारप्रसार अगाडि बढाइएको उनले बताए । सो ठाउँको संरक्षण एवम् प्रवद्र्धनलाई ध्यानमा राखेर संरक्षण थालिएको छ । टिकट प्रणाली लागु गरिएको छ । ठेक्का प्रणालीबाट त्यहाँ टिकट काट्ने र सुरक्षा एवम् संरक्षण गर्ने कार्य थालनी भएको छ । पर्यटकलाई सहजताका लागि ब्यवस्थापन मिलाइएको छ । सरसफाई, खानेपानी, शौचालय आदिको ब्यवस्था मिलाइएको उनले बताए ।

समुन्द्र सतहदेखि ११६० मिटर उचाइ र सदरमुकाम गाईघाटदेखि करिब ३२ किलोमिटर दुरी उत्तरपश्चिममा रहेको गढीको सदावहार चिसो, स्वच्छ हावा, हिमाल र तराईको दृष्यवलोकन मुख्य विशेषता हुन् । उदयपुरगढी एक मनमोहक र महत्वपूर्ण पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलको रुपमा परिचित रहेको छ ।

इतिहासको ज्ञान र मनोरम प्रकृतिको दृष्य अबलोक गर्न एकैसाथ पाईने उदयपुरगढी नेपालको सय पर्यटकीय गन्तब्य मध्येको एक हो । तसर्थ यसको प्रवद्र्धन, प्रचार प्रसारमा सबैले हातमा हात, साथमा साथ मिलाउनु पर्ने पर्यटक विज्ञहरु बताउछन् । उदयपुरगढीको महत्व नुसारको प्रचार प्रसार र प्रवद्र्धनको कार्य थप गर्न जरुरी रहेको औल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई