सुन्दर भविष्य खोजी र नेपाली समाज

नेपाली समाजले खोजी गरेको भविष्य भनेको शान्त, सुशासित, विकसित तथा समृद्ध नेपाल हो । विकसित र सुशासित नेपालमा व्यावहारिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारीको अवसर, सामाजिक न्याय, सेवामैत्री प्रशासनतन्त्र एवं छिटोछरितो न्याय सेवाजस्ता पक्ष पर्छन् ।

ग्रामीण विद्युतीकरण, स्वच्छ खानेपानी, राम्रा राजमार्ग, सर्वसुलभ हवाई सेवा, सुरक्षित यातायात सेवा, दिगो विकास, स्वच्छ वातावरण, आधुनिक कृषि तथा पशुपालन प्रणाली, उद्योगधन्दा स्थापना, प्रतिव्यक्ति आयमा वृद्धि, प्रदूषणरहित सहर, सफा तथा स्वच्छ नदी भएको देश हामी सबैको चाहना हो । नेपाली समाजले विभिन्न कालखण्डमा राजनीतिक व्यवस्था परिवर्तनका लागि गरेको संघर्ष पनि सुन्दर शान्त तथा विकसित देशकै लागि हो ।

‘समृद्ध नेपाल सुखी नेपाली’को चाहना कसको नहोला ? सबैको हुन्छ । देश विकसित भएपछि स्वदेशमै आयआर्जनका अवसर सिर्जना हुन्छन् । वर्तमान अवस्थामा युवा उमेरको जोश जाँगर तथा कार्यक्षमता विदेशमा खर्च गर्नुपर्ने बाध्यता अन्त्य हुन्छ ।

युवापुस्ताले देशभित्रै आयआर्जन गर्नसक्ने सहज अवस्था सिर्जना हुन्छ । प्रजातन्त्र पुनस्र्थापना भएपछि नेपालीको भाग्य र भविष्य बनाउनका लागि सत्तामा गएका नेता देश विकास गर्न असफल भए । दलले विभिन्न कालखण्डमा जनतालाई विकासको सपना मात्र बाँडे, तर काम गरेनन् । पछिल्लोपटक जेनजी आन्दोलन हुनुको कारण पनि राजनीतिक दलको कुशासन तथा असक्षमता नै हो ।

राजनीतिक दर्शनका हिसाबले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, समाजवाद, माक्र्सवाद, लेलिनवाद, माओवाद सबै दर्शन प्रयोग भए । विभिन्न समय व्यवस्था बदलिए । दलहरू पालैपालो सत्तामा पुगे । तर, देशको अवस्था बदलिएन । उल्लिखित दर्शन तथा राजनीतिक प्रयोग कथनीमै सीमित बन्न पुग्यो । करणीमा परिणत हुन सकेन । यसर्थ, समाजमा असन्तोष व्याप्त भयो ।

जेनजी आन्दोलनले जननिर्वाचित सरकारलाई पदच्युत गराएर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो सरकार निर्माण हुने परिस्थितिपछि पनि पुरानो नेतृत्वलाई विस्थापित गरी सक्षम नेतृत्वलाई सत्ता हस्तान्तरण गरीकन देश विकास गर्नु हो । सत्ता सक्षम नेतृत्वको हातमा पुग्न सकोस् भन्ने हो ।

हाम्रो देशमा राणा शासन अन्त्यपछाडिका ७५ वर्षमा ७ संविधान बने । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन पनि भए । ‘यसो गर्दा देश विकास हुन्छ कि वा उसो गर्दा हुन्छ कि’ भन्ने विकल्प खोजीमा जनताले दलहरूलाई पालैपालो निर्वाचित गरे । तर, ‘जति जोगी आए पनि कानै चिरेका’ भनेझंै कुनै पनि राजनीनिक दल वा नेता विशेषको नेतृत्व प्रभावकारी हुन सकेन । पुराना ठूला दलका अदूरदर्शी तथा भ्रष्ट नेताका हातमा नेतृत्व पुग्यो । दलभित्रका सक्षम नेताले अवसर पाउन सकेनन् । पार्टी र सत्ता कब्जा गरेका केही सीमित ‘शीर्ष’ भनिने नेताका कारण समाजमा राजनीतिक दल नै बदनाम हुनपुगे ।

मुलुकमा राजनीतिक विकृति विसंगित मौलाउनुको पछाडि कमजोर सामाजिक अवस्था पनि एउटा हो । नेपाली समाजमा नागरिक शिक्षा अभाव छ । शैक्षिक चेतनास्तर कमजोर छ । राजनीतिक सिद्धान्त र दृष्टिकोण अध्ययन न्यून छ । देशलाई हाँक्नसक्ने राजनीतिक दल र नेतृत्वलाई मतदान गरेर सत्तामा पु-याउने कार्य विवेकसम्मत ढंगले हुन सकेको देखिँदैन ।

युवापुस्ताले देशभित्रै आयआर्जन गर्नसक्ने सहज अवस्था सिर्जना हुन्छ । प्रजातन्त्र पुनस्र्थापना भएपछि नेपालीको भाग्य र भविष्य बनाउनका लागि सत्तामा गएका नेता देश विकास गर्न असफल भए । दलले विभिन्न कालखण्डमा जनतालाई विकासको सपना मात्र बाँडे, तर काम गरेनन्

समाज राजनीतिक दलका कित्तामा विभाजित छ । राजनीतिक सिद्धान्त र चरित्रबिनाका दललाई आँखा चिम्लिएर मतदान गर्ने मतदाताका कारण हरेक दलबाट दुई–चार सांसद निर्वाचित हुने र उनीहरूले सरकार बनाउने वा गिराउने ‘खेल’मा शीर्ष नेतालाई समर्थन गर्ने संस्कृतिले राजनीतिक अस्थिरता अन्त्य हुन सकेन । दलहरूले गठबन्धनमा सरकार चलाउनुपर्ने बाध्यताका कारण दलीय भाडबन्डाका आधारमा योग्यताबिनै ‘मन्त्री पद’ पड्काउने तर कार्य क्षमता देखाउन नसक्ने अवस्था रह्यो । फलतः देश कमजोर हुँदै गयो ।

अहिलेको मिश्रित निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउन सक्दैन । नेपालजस्तो सानो मुलुकमा १ सय २५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । जनता राजनीतिक दलमा विभाजित छन् । दलहरूले मिश्रित निर्वाचन प्रणाली लागू गरेर मिलिजुली सत्ताको चास्नीमा रमाउने राजनीति जालसाजीलाई समाजले बुभ्mन सकेन ।

२०७२ सालको संविधान बनाउँदा दलको अदूरदर्शिताका कारण अनावश्यक प्रदेश सरकार निर्माण गरी देशलाई अर्बौंको आर्थिक भार थप्ने काम भयो । अहिले प्रदेश सरकारका सम्बन्धमा विरोधका आवाज आउने गरेता पनि सिंगो समाज यसविरुद्ध एकजुट हुन सकेको छैन ।

नेपाली समाजले देश विकास र सुशासनका लागि इतिहासका कालखण्डमा व्यवस्था बदल्न संघर्षको पछाडि सुशासन र विकास अपेक्षा थियो । तर, शासकको गलत कार्यलाई समाजले खरो रूपमा खबरदारी गर्न सकेन । प्रजातान्त्रिक देशहरूमा सरकारका कमी कमजोरीप्रति खबरदारी गर्ने, राज्यलाई जवाफदेही बनाउने काम समाजको हो । समाजलाई सुसूचित गर्ने कार्य नागरिक समाजको हो ।

नेपालका सन्दर्भमा नागरिक समाज पनि दलीय आस्थामा विभक्त भएको अवस्था छ । देशका पढेलेखेका, जाने बुझेको सचेत वर्ग राजनीतिलाई थाक्रो बनाएर आफ्नो दुनो सोझ्याउने कार्यमा लागेकाले शासकले मनपरी गरेका हुन् । सरकार जनताप्रति जवाफदेही नभएको हो ।

यस मुलुकमा नगरिक समाज मात्र होइन, कर्मचारी पनि राजनीतिक दलका आस्थामा विभाजित छन् । शिक्षक, प्राध्यापक, विद्यार्थी, डाक्टर, नर्स, इन्जिनियर, मजदुरमा दलीय विभाजन छ । समाजका हरेक तहतप्कामा ‘राजनीतिक दलभन्दा माथि देश हुन्छ’ भन्ने राष्ट्रिय भावना कमजोर देखिन्छ । नेताहरूले जे गरे पनि समर्थन गर्ने र जे भने पनि ताली बजाउने कार्य सभ्य समाजको संकेत होइन । लोकतान्त्रिक अभ्यास होइन ।

अब समाजका हरेक तह र तप्काका नागरिकले गुणदोषका आधारमा दलीय धारणा बनाउन जरुरी छ । समाजमा अध्ययन, अनुसन्धान तथा सत्यतथ्य आधार बनाएर विचार निर्माण हुन सके मात्र राजनीतिक सक्षम तथा चरित्रवान् नेतृत्वको हातमा सत्ता पुग्नसक्छ ।

लोकतन्त्रमा समाज खुला हुन्छ । अहिलेको खुला समाजमा सामाजिक सञ्जाल, खबर पत्रपत्रिका, इलेक्ट्रोनिक्स मिडिया, लेख रचना, विचार, विमर्श बहसपैरवीजस्ता माध्यमले जनचेतना फैलाएको छ ।

समाजमा नागरिक समाज, बुद्घिजीवीलगायत सर्वसाधारण जनताका तहमा पनि चिया, चौतारी, मेलापात एवं भेटघाटमा राजनीतिक चियो चर्चो, बहस, समालोचना वा आलोचनाजस्ता टीकाटिप्पणी हुने गरेका छन् । यस दृष्टिकोणबाट हेर्दा राजनीतिक क्षेत्रमा सामाजिक जागरणस्तरमा अभिवृद्धि भएजस्तो देखिन्छ । तथापि, अझै पनि समाजले लोकतन्त्रलाई अभ्यासमा लागू गर्न सकेको अवस्था छैन । राजनीतिक दल र राज्यबाट हुने गरेका गलत क्रियाकलापविरुद्ध एकजुट हुन सकेको छैन ।

‘राजनीति गर्छु’ भन्नेले देशकाल, परिस्थिति बुभ्mन सक्नुपर्छ । अझै पनि शीर्षनेताको नेतृत्वमा देश अगाडि बढ्न नसकेको अवस्था मनन गर्न नसक्ने र यिनीहरूका वरिपरि परिक्रमा गरेर पद र पैसामा रमाउने केही कार्यकर्ता तथा नेता हरेक दलमा देखिन्छन् ।

जनचाहना तथा समाजको आवश्यकताअनुरूप सोच तथा कार्यशैली बदल्न सक्नुपर्छ । नेतावरिपरि परिक्रमा गरेर जीवन चलाएका अवसरवादीको विवेकको बिर्को खुलेको देखि“दैन । अझै पनि असफल भ्रष्ट नेतालाई देवŒवकरण गर्दै कुर्लेको सुनिन्छ ।

देशको सुन्दर भविष्य निर्माणमा सबै नागरिक एकजुट हुनुपर्ने समय आएको छ । हामी कुनै राजनीतिक दल र नेता विशेषको भक्तिगानमा लाग्नुभन्दा पहिले देश बनाउने कार्यमा लाग्नुपर्छ ।

लागांै ! सुशासन विकासको मेरुदण्ड भएकाले देशमा कुशासन भएसम्म विकास निर्माण सम्भव हुँदैन । यसर्थ, हामीले अहिलेसम्म जसरी राजनीतिक परिवर्तनका लागि संघर्ष ग¥यौं, त्यसैगरी राज्यलाई सुशासन र विकासको बाटोमा हिँडाउन सबै मिलेर काम गरौं ।

समष्टिमा नेपाल र नेपालीको भाग्य र भविष्यभन्दा ठूलो राजनीतिक दल र नेतृत्व हुन सक्दैन । त्यसैले शासक र दलको बेढंगको कार्यशैली र कुशासनविरुद्धमा एकजुट हौं । गलत कार्य गर्दा पनि आप्mनो राजनीतिक दल र नेताविशेषको समर्थन गर्ने कार्य बन्द गरांै । देश र समाजको पक्षमा सोचौं । काम गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार