मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा

काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई अनैतिकताको संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरी एक पटक पुष्टि भयो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र हैन अनैतिक राजनीतिक एवं लुट-भ्रष्टाचारको ओडार हो ।’

समस्याको मुख्य जडलाई छोडेर एक अर्कालाई मात्र दोषारोपण गर्नु फेरी अर्को बेइमानी हुने उनको आग्रह छ ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यादवलाई आइतबारकै मितिमा नियुक्ति पत्र दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

विशेष महाधिवेशनवारे गगन पक्ष कानुनी परामर्शमा