नेपाली समाजका एक महान् दार्शनिक, आध्यात्मिक गुरु तथा युगान्तकारी समाज सुधारक महागुरु हुन्, फाल्गुनन्द लिङ्देन । विशेषगरी किरात समुदायभित्रको कुरीति, अन्धविश्वास र सामाजिक विकृति उन्मूलन गरी चेतनाको दियो बाल्नमा उनको भूमिका अतुलनीय छ । किरात धर्मावलम्बी उनलाई ‘मुहिङगुम अङसीमाङ’ अर्थात् ‘महागुरु’का रूपमा उच्चसम्मान गर्छन् र नेपाल सरकारले समेत १६ मंसिर २०६६ मा ‘राष्ट्रिय विभूति’ घोषणा गरेको थियो । महागुरु फाल्गुनन्दको जीवन, उपदेश र समाज सुधारका कार्यले आज पनि लाखौं मानिसलाई सत्य, शान्ति र अहिंसा मार्गमा हिँड्न प्रेरित गरिरहेको छ ।
‘समाज सुधारक’ भनेर चिनिने महान् व्यक्तित्वहरूले मानव इतिहासलाई सधैं सकारात्मक दिशामा मोडिदिन्छन् । उनीहरू कुरीतिको जरा उखेलेर समाजमा समानता, शान्ति र नैतिकताको बीउ रोप्छन् । नेपालको सन्दर्भमा यस्ता सुधारकको योगदान अझ विशेष छ । किनकि, हाम्रो देश विविधतापूर्ण संस्कृति, भाषा र धर्मको संगम पनि हो । यसरी विविधतामा एकताको सूत्र जोड्ने र समाजका पछौटे पक्षलाई चुनौती दिने एक महान् सुधारक हुन्, महागुरु फाल्गुनन्द लिङ्देन । उनको स्मरण गर्दा हामीले नेपालको पूर्वी पहाडी क्षेत्रको किरात समुदायको उत्थानमात्र नभई समग्र नेपाली समाजको नैतिक र सांस्कृतिक जागरणको कथा सम्झन्छौं ।
फाल्गुनन्दको जन्म १९४२ सालमा इलाम इभाङ गाउँमा भएको थियो । उनको जन्मनाम ‘नरध्वज लिङ्देन’ थियो । सामान्य किरात परिवारमा जन्मिए पनि उनको जीवन भने असाधारण बन्यो । बाल्यकालमा उनी रोगी थिए तर एक जना पुजारीको सल्लाहमा हातमा लोहाको अंगुली लगाउँदा रोग निको भएको कथा लोकप्रिय छ । यस घटनाले उनको जीवनमा आध्यात्मिक यात्रा सुरुवात गरेको मानिन्छ । उनको स्मरण गर्दा हामीले उनको दर्शन मात्र नभई सामना गरेका संघर्ष, सुधार अभियान र नेपालको राष्ट्रिय एकतामा दिएको योगदान पनि सम्झनुपर्छ । उनको जीवनकाल राणा शासनको कठोर समय थियो । शिक्षा र सामाजिक जागरण दबाइएको त्यस युगमा उनले किरात धर्मलाई पुनर्जागरण गरेका थिए । उनका सिद्धान्त सत्य, शान्ति, अहिंसा, शाकाहार र नैतिक जीवन आज पनि प्रासंगिक छन् । उनको जीवन, सुधार अभियान, दर्शन र वर्तमान सान्दर्भिकतालाई विस्तृत रूपमा छलफल गर्दै उनको स्मरण गर्नेछौं ।
बाल्यकाल र प्रारम्भिक जीवन
महागुरु फाल्गुनन्दको बाल्यकाल सामान्य थियो । तर, यसमा आध्यात्मिक झल्को स्पष्ट देखिन्छ । बाल्यकालमै उनमा असामान्य बुद्धिमत्ता र धार्मिक झुकाव देखियो । उनले किरात धर्मका प्राचीन ग्रन्थ र मौखिक परम्पराबाट ज्ञान आर्जन गरे । किरात समुदायमा तत्कालीन समय अन्धविश्वास, पशु बलि र मदिरापान प्रचलित थिए । यसले समुदायलाई आर्थिक र नैतिक रूपमा कमजोर बनाइरहेका थिए । यसरी नै १९ वर्षको उमेरमा उनी ब्रिटिस गोरखा सेनामा भर्ती भएर प्रथम विश्वयुद्ध (सन् १९१४–१९१८) मा बर्मा (हालको म्यानमा)मा लड्न गए । यो समय उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ थियो ।
साथै, युद्धको भयावहता, हिंसा र मृत्युको दृश्यले उनलाई गहिरो प्रभावित बनायो । उनले युद्धबाट शान्ति प्राप्त हुन नसक्ने निष्कर्ष निकाले । त्यसैले केही वर्षपछि उनी सेना छोडेर नेपाल फर्किए । यस अनुभवले उनलाई अहिंसा सन्देश दिन प्रेरित ग¥यो । फर्केर आउँदा उनी किरात समुदायको पछौटेपन र सांस्कृतिक ह्रास देखेर दुःखी भए । उनले सोचे, ‘समाज सुधारबिना धर्म पुनरूत्थान असम्भव छ ।’ उनको प्रारम्भिक जीवनमा गुरु–शिष्य परम्पराको महŒव थियो । उनलाई किरातका प्राचीन ऋषिहरूको अवतार मानिन्छ । उनले सिरिजंघा लिपि (किरातको प्राचीन लिपि)लाई पुनर्जीवित गर्न प्रयास गरे । यस लिपिमा उनले धार्मिक ग्रन्थ लेख्न लगाए । बाल्यकाल र युवावस्थाको यस चरणले उनलाई समाज सुधारकका रूपमा स्थापित गर्न मद्दत ग¥यो । उनको स्मरण गर्दा यो तथ्य बिर्सनु हुँदैन कि उनको जीवन संघर्षपूर्ण थियो । जसमा रोग, युद्ध र सामाजिक दबाबका बावजुद उनले हार मानेनन् ।
समाज सुधार अभियान
महागुरु फाल्गुनन्दको समाज सुधार अभियान किरात समुदायकेन्द्रित भए पनि यसले समग्र नेपाली समाजलाई प्रभावित बनायो । राणा शासनको समय शिक्षा र जागरण दबाइएको थियो । तर उनले गाउँगाउँ घुमेर उपदेश दिन थाले । उनको मुख्य अभियान निम्न छन् ः
पशु बलि र हिंसा अन्त्य
किरात धर्ममा प्रचलित पशु बलि प्रथा उनलाई असह्य थियो । उनले यसलाई अहिंसाविरोधी ठाने । १९८८ वैशाखमा इलाम चुकचिनाम्बामा सत्य धर्म मुचुल्का (सत्य धर्मको प्रतिज्ञा) जारी गरे । यसमा २२ बुँदे प्रतिज्ञा थियो । जसमा पशु बलि, मदिरापान र दाइजो प्रथा (सुनाली पुरुलि) को अन्त्य गर्ने प्रतिबद्धता थियो । यो मुचुल्का किरात इतिहासको सबैभन्दा ठूलो सामाजिक क्रान्ति मानिन्छ । यसले किरातहरूलाई शाकाहारी बन्न र नैतिक जीवनतर्फ डो¥यायो ।
शिक्षा र साक्षरताको प्रचार
उनले किरात भाषा र लिपिका लागि विद्यालय खोल्न प्रेरित गरे । सिरिजंघा लिपिमा धार्मिक पुस्तक लेखन र पाठ अभियान चलाए । तत्कालीन समय किरात शिक्षाबाट वञ्चित थिए । उनले महिलाको शिक्षालाई पनि जोड दिए । जसले गर्दा लैंगिक समानताको बिउ रोप्यो ।
आर्थिक अनुशासन र कुरीतिविरोध
दाइजो प्रथा, जसरी विवाहमा आर्थिक बोझ पर्ने चलन, उनले रोके । उनी भन्थे, ‘खराब सोचले हामीलाई नष्ट गर्छ ।’ यसले किरात समुदायको आर्थिक स्थिति मजबुत बनायो । उनले सामाजिक खर्च घटाउने र नैतिक जीवन अपनाउने उपदेश दिए ।
सांस्कृतिक पुनरुत्थान
किरात धर्मलाई मुहिंगुम अङ्सिमाङ (सत्यको मार्ग)का रूपमा पुनस्र्थापित गरेका उनले दस लिम्बुवानका विद्वान्लाई भेला गरेर सांस्कृतिक एकता कायम गरे । यस अभियानले किरातलाई आफ्नो पहिचानबाट जोड्यो । यी अभियानका लागि उनी गाउँगाउँ घुमे । तर, राणा शासनले उनलाई ‘देशद्रोही’ ठानेर पटकपटक गिरफ्तार ग¥यो । उनले यातना सहे, तर सुधारबाट पछि हटेनन् । उनको संघर्षले नेपालको सामाजिक आन्दोलनलाई प्रेरणा दियो । आज पनि किरात समुदायमा उनका सिद्धान्त पालना हुन्छन् ।
दर्शन र शिक्षा
महागुरु फाल्गुनन्दको दर्शन सत्य, शान्ति र अहिंसामा आधारित छ । उनले किरात धर्मलाई वैज्ञानिक र नैतिक बनाए । उनका मुख्य शिक्षा :
सत्याग्रह : सत्या हर, सत्या विहार, सत्या कर्म (सत्य भोजन, सत्य यात्रा, सत्य कर्म । यसले शाकाहार, अहिंसा र नैतिक जीवनलाई जोड दिन्छ ।
मानव एकता : जातीय, वर्गीय र लैंगिक विभेद अन्त्य । उनले किरातलाई मात्र नभई सम्पूर्ण मानवतालाई एकता सन्देश दिए ।
सांस्कृतिक संरक्षण : आफ्नो भाषा, लिपि र संस्कृति जोगाउने । उनले पश्चिमी प्रभावबाट बचेर स्वदेशी मूल्यलाई मजबुत बनाए ।
आध्यात्मिक जागरण : उनलाई किरातका प्राचीन ऋषि सिरिजंघाको अवतार मानिन्छ । उनको दर्शनमा प्रकृति पूजा, नैतिकता र सामाजिक सद्भाव छ । उनका उपदेश मौखिक रूपमा तयार गरिएको थियो । तर, पछि शिष्यहरूले ती उपदेशलाई लिपिबद्ध बनाए । यस दर्शनले हाम्रो छिमेकी देश भारतका गान्धीजीको अहिंसासँग समानता राख्छ । तर, किरात सन्दर्भमा विशिष्ट छ । उनको स्मरण गर्दा यी शिक्षाले हामीलाई प्रेरित गर्छन् । जसले गर्दा ‘बदलि“दो विश्व परिवेशको समाज सुधार हिंसाबाट होइन, नैतिकताबाट हुन सक्छ’ भन्ने ज्वलन्त उदाहरण बन्न गएको छ ।
प्रभाव
- धार्मिक : किरात मुन्धुमलाई पुनर्जीवित । शाकाहार र अहिंसाले समुदायलाई स्वस्थ बनायो ।
- सामाजिक : महिला सशक्तीकरण र जातीय एकता । दाइजो प्रथा घट्यो ।
- शैक्षिक : सिरिजंघा लिपि पुनरावलोकन ।
- राष्ट्रिय : नेपाल सरकारले उनलाई १६औं राष्ट्रिय विभूति घोषणा ग¥यो । उनको जन्मजयन्तीमा राष्ट्रिय पर्व मनाउने गरिएको छ । गुरु आत्मानन्द लिङ्देनजस्ता उत्तराधिकारीले उनको दर्शनलाई निरन्तरता दिएका छन् । इलाम लारुम्बामा उनको आश्रम छ । जसले सामाजिक सेवा गर्छ ।
वर्तमान सान्दर्भिकता
आजको नेपाल बहुलतापूर्ण छ, तर जातीय विभेद, मदिरापान र सांस्कृतिक ह्रास समस्या विद्यमान छन् । महागुरुको स्मरणले हामीलाई यी समस्याको समाधान दिन्छ । उनको अहिंसा सन्देशले राजनीतिक हिंसा रोक्न सक्छ । शाकाहारले पर्यावरण संरक्षणमा योगदान दिन्छ । उनको स्मरणले युवालाई प्रेरित गर्छ, जसले गर्दा सुधार व्यक्तिगत परिवर्तनबाट सुरु हुन्छ । किरात समुदायमा उनका सिद्धान्तले आर्थिक स्वावलम्बन बढाएको छ ।
सार्वजनिक बिदा
उनको युगान्तकारी योगदानको कदर गर्दै नेपाल सरकारले उनको नाममा हुलाक टिकट प्रकाशन गरेको छ र उनको जन्मजयन्तीको अवसरमा २५ कात्तिकमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।
शान्ति र अहिंसाका अग्रदूत
विश्वयुद्धको अनुभवबाट पाठ सिक्दै उनले जीवनभर शान्ति, अहिंसा र प्राणी रक्षाको सन्देश फैलाए । जसलाई आज विश्वभर अनुसरण गर्न थालिएको छ ।
महागुरुको देहावसान र अमरता
महागुरु फाल्गुनन्दले जीवनको अन्तिम अवस्थासम्म धर्म, भाषा, संस्कार–संस्कृति, शिक्षा र समाज सुधारका लागि काम गरिरहे । उनको निधन २००५ सालमा ६३ वर्षको उमेरमा पाँचथर इम्बुङ (सिलौटी)मा भएको थियो । उनको भौतिक शरीर नभए पनि उनका उपदेश, दर्शन र समाज सुधारका कार्य आज पनि अमर छन् । उनले देखाएको सत्य मार्ग, अहिंसा सिद्धान्त र सामाजिक समानता सन्देशले नेपाली समाजलाई सधैं मार्गदर्शन गरिरहनेछ । उनको पवित्र स्मरण गर्दै उनले परिकल्पना गरेको सभ्य, सुसंस्कृत र मानवतावादी समाज निर्माणमा लाग्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ । महागुरु फाल्गुनन्द लिङ्देनले किरात समुदायलाई मात्र नभई सम्पूर्ण नेपाली समाजलाई उज्यालो दिए । उनको जीवन संघर्ष, अभियान र दर्शनले हामीलाई सिकाउँछ कि सत्यमार्गमा हिंसा होइन, नैतिकता नै प्रमुख शक्ति हो । उनको स्मरण गर्दा हामी प्रतिबद्धता गर्छौं– उनका सिद्धान्तलाई जीवनमा उतार्ने कोसिस सबैबाट हुनुपर्छ । उनको जन्मजयन्ती प्रत्येक वर्ष मनाउँदा हामीले यो प्रतिज्ञा दोहो-याउनुपर्छ । तब मात्र समाज सुधारका लागि सधैं प्रयासरत रहनेमा कसैको पनि दुईमत नहोला †









