अहिलेको चेलतशील समाजमा मतदाता शिक्षा पनि आवश्यक छ र ? भन्ने प्रश्न अधिकांशबाट आउन सक्छ । हुन त, औपचारिक रूपमा नेपाली जनताले २०१५ सालबाटै मतदान गर्दै आएका हुन् ।
२०१५ सालको मतदानको अनुभव गर्ने व्यक्तिहरू पनि अझै धेरै छन् । यस अर्थमा ६५÷६६ वर्षदेखि मतदान गर्दै आएका व्यक्तिका लागि मतदाता शिक्षाको आवश्यक पर्छ भन्नु युक्तिसंगत नहोला † तथापि परिवर्तित परिवेशलाई ध्यानमा राखी मतदाता शिक्षा प्रदान गर्नुपर्ने
नागरिकको संख्या पनि अझै धेरै छ । यसैले मतदाता शिक्षा केका लागि ? यसभित्र के–के कुरा पर्छन् ?
मतदाता शिक्षा प्रदान गर्नुपर्ने समूह पहिचान कसरी गर्ने र मतदाता शिक्षा दिने प्रक्रिया’bout यस आलेखलाई केन्द्रित गरिएको छ । ‘मतदाता शिक्षा’ भन्नाले मतपत्रमा आफूले चाहेको उम्मेदवारको चुनाव चिह्नमा छाप लगाएर मतपेटिकामा खटाउने कार्यमात्र होइन । यो त मतदाता शिक्षाअन्तर्गत पर्ने अन्तिम चरणको कार्य मात्रै हो ।
यस चरणमा प्रवेश गर्नु पहिले मतदाताले, उम्मेदवारको संख्या’bout, उम्मेदवारको कार्य दक्षता र इमानदारिता’bout, वैयक्तिक आचरण र क्रियाकलाप’bout, सेवाभावना र जनउत्तरदायिŒव’bout, जिम्मेवारी बहन गर्नसक्ने क्षमता’bout, पहिलेकै उम्मेदवार भए उसको विगतको कामकार्य’bout, दलप्रति आबद्ध भए दलीय झुकाव र कार्यशैली’bout तथा नयाँ उम्मेदवार भए उसको योग्यता क्षमता एवं विश्वसनीय पक्ष’bout विस्तृत रूपमै मूल्यांकन गर्ने प्रक्रिया मतदाता शिक्षाभित्र पर्ने आधारभूत कुरा हुन् । मतदाता शिक्षा भन्नासाथ हामीले यिनै कुरालाई बुझ्नुपर्ने हुन्छ ।
तर, मतदाता शिक्षा को कसले ? कसरी दिने ? यो सबैमा उत्पन्न हुने कौतूहलताको विषय हो । यदि मतदाताले, निर्वाचन आफ्नो भविष्य निर्माणको आधारशिला हो भन्ने कुरा मात्रै बुझिदिने हो भने निश्चय नै मतदाता शिक्षा जरुरत पर्दैन ।
यो कुरा पूर्ण रूपमा बुझेका मतदाता संख्या अहिले करिब ५० प्रतिशतभन्दा बढी नै होला । तर, फलानालाई रोजगार बनाउन मैले भोट किन दिने ? भन्ने मानसिकता भएका मतदाताको संख्या बढी नै छ । केही त्यस्ता मतदाता पनि छन्, जसले आफ्नो विपन्नतालाई नै मतदानको आधार बनाउँछन् । यस्तै कतिपय मतदाता, योग्य व्यक्तिलाई नै रिसइवी साधन गर्नकै लागि मत दिँदैनन् । चिनेजानेका साथीहरूलाई नै भड्काउनेछन् । कोही त्यस्ता पनि मतदाता छन्, जो गाउँ टोलको अगुवाले जसलाई भन्छ, त्यसैलाई मत दिन्छन् । अगुवाले के स्वार्थमा त्यस्तो भन्यो बुझ्ने प्रयास गर्दैनन् ।
हाम्रो समाजको मतदाताको विद्यमान स्वरूप अहिले यस्तै छ । यस्तै बहुरूपी मतदातालाई उल्लिखित आधारभूत विषयवस्तु’bout ज्ञान प्रदान गरी निर्वाचनमा आफूले प्रदान गर्ने मतको महŒव’bout बोध गराई स्वेच्छिक निर्णयकर्ता बनाउन मतदाता शिक्षा आवश्यक पर्छ । अहिलेको राजनीतिक वातावरण परिवर्तनकारी सोचकै बाहुल्यतामा आधारित भए पनि राजनीतिलाई अवसर ठान्ने स्वार्थ समूहबाटै जेलिएकै छ ।
यसैले, यथास्थितिवादी स्वार्थी समूहको प्रभावलाई चिरफार गरी मतदातालाई परिवर्तनकारी सोचतर्फ आकर्षित गराउने रणनीतिमा मतदाता शिक्षा केन्द्रित भएन भने मतदान कार्य नै प्रभावित बन्नसक्छ । यसका लागि जेनजीकै भूमिका सबैभन्दा महŒवपूर्ण हुन्छ ।
नेपाली समाजको घरपरिवारमा जेनजी नभएको परिवार अहिले विरलै मात्र होला । अन्यथा, हरेक गाउँ टोल र बस्तीबस्तीमा जेनजीको उपस्थिति छ । जेनजीले परिवारका मतदातालाई पछिल्लो परिवर्तित राजनीतिक परिवेश अनुकुलै सहजै परिवर्तन गराउन सक्छन् । राजनीतिलाई अवसर ठान्दै आएको स्वार्थी समूहकै मानसिकता परिवर्तन गराउन सक्छन् ।
छरछिमेकदेखि गाउँटोल हुँदै समाजकै मानसिकता परिवर्तन गराउन सक्छन् । विगतको रोल ‘को कसको कस्तो थियो ?’ पहिचान गरेका हुन्छन् । पहिचान भएकालाई दबाब दिएर परिवर्तन गराउन सक्छन् ।
यसैगरी, मतदाता शिक्षा प्रदानकर्ता समाजको अर्को प्रभावकारी समूह प्रबुद्ध व्यक्ति हुन । प्रबुद्ध व्यक्तिले समाजका हरेक क्रियाकलाप र गतिविधिहरू ‘मनिटर’ गरिरहेका हुन्छन् । राम्रो नराम्रो अर्थात् सकारात्मक वा नकारात्मक प्रतिक्रिया पनि दिइरहेका हुन्छन् । प्रबुद्ध स्थानीय व्यक्तिको दायिŒव प्रतिक्रिया दिने मात्र हुँदैन । उनीहरूले समाजका विकृति र विसंगति हटाई सही बाटोमा समाजलाई डो¥याउने भूमिका पनि मिलाएका हुन्छन् ।
हाम्रो समाजको मतदाताको विद्यमान स्वरूप अहिले यस्तै छ । यस्तै बहुरूपी मतदातालाई उल्लिखित आधारभूत विषयवस्तु’bout ज्ञान प्रदान गरी निर्वाचनमा आफूले प्रदान गर्ने मतको महŒव’bout बोध गराई स्वेच्छिक निर्णयकर्ता बनाउन मतदाता शिक्षा आवश्यक पर्छ
स्थानीय प्रबुद्ध व्यक्ति सिंगो समाजकै विश्वासपात्र हुने भएकोले उनीहरूलाई समाज ‘डिल’ गर्न पनि सहज हुन्छ । यस पृष्ठभूमिमा परिवर्तित वातावरणअनुकूलै आमनागरिकले सोचाइमा पनि परिवर्तन ल्याए त्यसबाट नागरिक र समाजकै हित हुने सुझाव मात्र उनीहरूले राखिदिए पुग्छ । उनीहरूले हरेक मतदातालाई स्कुलिङ गरे सरहकै सकारात्मक प्रभाव पर्छ । किनकि, प्रबुद्ध व्यक्ति पनि समाजभित्रै रहने र समाजको सकारात्मक एवं नकारात्मक पक्षको हिस्सेदार उनीहरूले पनि हुनुपर्ने भएकाले एक असल नागरिकको भूमिका सम्पादन गर्न प्रबुद्ध व्यक्तिले चुक्नु पनि हुँदैन । मतदाता शिक्षाका लागि नागरिक समाजका अगुवाको भूमिका सबैभन्दा महŒवपूर्ण हुन्छ । किनकि प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा नागरिक समाजका अगुवाले नै समाजको सबै पक्षको नेतृत्व गरिरहेका हुन्छन् । नागरिक समाजका अगुवा समाजकै विश्वास प्राप्त व्यक्ति हुने भएकाले सिंगो समाज नै उनीहरूको पछि पछि हुन्छ । समाजमा कुन व्यक्ति वा समूह कस्तो छ ? भन्ने’boutमा पनि उनीहरू जानकार हुन्छन् ।
समाजका हरेक गतिविधिलाई अगुवाले नजिकबाट नियालिरहेका हुन्छन् । समाजलाई सही बाटोमा हिँडाउने दायित्व उनीहरूले सम्पादन गर्दै आएकै हुन्छन् । समाजमा अन्याय हुन नदिने, सामाजिक वातावरण स्वच्छ बनाउने, सबैले इच्छाएको पेसा व्यवसाय स्वतन्त्र रूपमा गर्न पाउने वातावरण बनाउने तथा त्यसका लागि राज्य संयन्त्रलाई नै बराबर खबरदारी गर्ने कार्य नागरिक अगुवा गर्दै आएका हुन्छन् । पछिल्लो समय नागरिक समाजका अगुवाहरू नै कतिपय, आस्था र निकट सम्बन्धको प्रभावमा समाजमै आलोचित बनेको दृष्टान्त पनि नभएको होइन । तथापि, फाटफुट हुने टिकाटिप्पणी र आलोचनालाई हामीले अववादकै रूपमा लिनुपर्ने हुन्छ ।
यसैले मतदाता शिक्षामा नागरिक समाजको अगुवाको सकारात्मक सन्देश वा इशारा नै जनमानसिकता परिवर्तन गराउने अचुक अस्त्र बन्ने भएकाले समाज परिवर्तन गराउने जस्तो महŒवपूर्ण कार्यलाई अगुवाहरूले कर्तव्यका रूपमा बुझिदिए मात्रै पुग्छ ।
मतदाता शिक्षा प्रदायक समाजको अर्को प्रभावकारी समूह सचेत मतदाता नै हुन् । सचेत मतदाताले मुलुकमा आएको परिवर्तनको सोच, राजनीतिक विकृति र विसंगतिकै अन्त्यका लागि हो भन्ने कुरा बुझेका हुन्छन् । उनीहरूले चाहेर लागिपर्ने हो भने आआफ्नो क्षेत्रका सबै मतदातालाई सहजै आकर्षित गराउन सक्छन् ।
स्वविवेकले निर्णय गर्ने व्यक्ति को हुन् ? अर्काको लहैलहैमा बहकिने को–को छन् ? करकाप र दबाबमा बिचलित बन्ने को–को हुन् ? अमूल्य मतलाई बिक्री नै गर्ने को–को छन् ? दलीय खेतलाको पछि लाग्ने को–को छन् ? तथा डर त्रासमा प्रभावित बन्ने को–को छन् ? भन्ने ’boutमा स्थानीय सचेत मतदाता पूर्ण रूपमा जानकार हुन्छन् । सम्झाइबुझाई गरेर त्यस्ता मतदाताको विचार उनीहरूले परिवर्तन गराउन सक्छन् । विगतको विकृति र विसंगतिको दृष्टान्त दिन सक्छन् ।
स्वेच्छाचारी र स्वार्थी नेताद्वारा परिचालित व्यक्तिको नकारात्मक कार्यको दृष्टान्त दिन सक्छन् । कुन नेता मत हत्याउन मात्रै गाउँटोलमा आइपुग्छ, अरू बेला मतदातालाई नै चिन्दैन ? बुझाउन दृष्टान्त दिन सक्छन् । स्थानीय व्यक्ति भएका कारण सचेत मतदाताको कुरा सबैले मान्न सक्छन् । त्यस्तो अवस्थामा मतदाता शिक्षा पनि सार्थक भएको प्रमाणित हुन्छ ।
मतदाता शिक्षाको अर्को प्रभावकारी माध्यम भनेको सिद्धान्तमा अडिग राजनीतिक व्यक्ति नै हुन् । सिद्धान्तमा अडिग राजनीतिक व्यक्ति केबल अल्पसंख्यामै मात्र छन् । भएकालाई पनि राजनीतिलाई आर्जनको पेसा बनाएका उच्चस्तरीय स्वेच्छाचारी नेताले दबाएरै राखेका छन् । उनीहरू आफ्नो स्वतन्त्र विचार नै व्यक्त गर्न पाउँदैनन् । राष्ट्रिय राजनीतिलाई दलीय शीर्षस्थ नाइकेले लुटनीतिमा परिणत गर्दा सिद्धान्तमा राजनीति गर्ने स्वच्छ व्यक्तिहरू अहिलेसम्म निस्सासिएर रहेका थिए । तर, अहिलेको परिवर्तनकारी सोचले उनीहरूलाई अवसर प्रदान गरेको छ । त्यसको सदुपयोग गर्दै उनीहरूले आफ्नो समूहलाई विस्तार गरी सुसंगठित रूपमै सुदृढ बनाउने र अवसरको राजनीति गर्नेलाई सदाकै लागि पन्छाउने अवसर पनि यही हो । किनकि, राजनीतिक दल आफैंमा दूषित र कलंकित हुँदैन । सञ्चालक नाइकेको गलत कार्यशैलीले नै कलंकित बन्ने हो । यसको दृष्टान्त एमालेका नाइके केपी शर्मा ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै दिइसकेका छन् । उनीहरूकै गलत रवैयाले पार्टी दुर्गन्धित बनेको जनताले देखेकै छन् । सिद्धान्तको राजनीति गर्ने सुधारवादी व्यक्ति यी तिनै दलमा धेरै छन् । उनीहरूले नै दुर्गन्धित नाइकेलाई पाखा लगाई स्वच्छ र सिद्धान्तमा राजनीति गरी मुलुक अगाडि बढाउने सोच भएका सुधारवादी व्यक्तिलाई पार्टीको जिम्मेवारी सुिम्पने जनाधार तयार पार्ने अवसर पनि यही हो । दलभित्र रहेका उदीयमान नेताले वचनबद्धतासहित आफ्नो उद्देश्य मतदातासामु राखी होस्टेमा हैंसे गर्दै अब अगाडि बढ्नुपर्छ ।
मतदाताका सोच समयसापेक्ष परिवर्तन गराउने माध्यम बन्नुपर्ने सामाजिक समूहको भूमिका’bout माथि चर्चा गरिएको छ । तर, त्यतिले मात्र पुग्दैन । उनीहरूको सल्लाह र सुझावलाई मतदाता स्वयंले स्वीकार नगरेसम्म मतदाता शिक्षा सफल बन्दैन । त्यसतर्फ सम्बन्धित सबै पक्षको ध्यान पुग्नुपर्छ ।









