प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै बारा एमाले सडकमा

बारा । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधी सभा पुनस्थापनको माग गर्दै सडकमा जन र्‍याली र कोण सभा गरेको छ । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा हिजो मंगलवार नेकपा एमालेले प्रतिनिधी सभा पुनस्थापनको माग गर्दै सडकमा प्रदर्शन गरेको हो ।

जन र्‍यालीको कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका पार्टी पोलिटब्युरो सदस्य तथा बारा पार्टी इन्चार्ज ज्वाला साहले असंवैधानिक तवरले गठित सरकारलाई विघटन गरि विघटित प्रतिनिधी सभा पुनस्थापन हुनुपर्ने बताइन ।

न्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्ति संविधान विपरित सरकारमा बस्नु हास्यास्पद रहेको बताइन । जेनजीको भावना विपरित बनेको सरकार आफुहरुलाई मान्य नरहेको समेत बताइन । जेनजीको नाममा भदौ २३ र २४ को विध्वंसको निष्पक्ष छानविन गर्नुपर्ने बताईन । हत्या हिंसा, चोरी, लुटपाटको निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग गरिन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विकासको लहर पचाउन नसकेर विकास विरोधीहरुले महिनौ अगाडी बनाएको प्लान जेनजीको काधमा बन्दुक राखेर खरानी बनाएको आरोप लगाईन । पार्टी अध्यक्ष ओली देखि नेकपा एमालेका जुनसुकै नेताले भ्रष्टाचार गरेको भए प्रमाण सहित आउन खुल्ला चुनौती समेत दिएकी छिन । कसैले भ्रष्टाचार गरेको भए कानुन बमोजिम कारवाही हुने जानकारी गराईन ।

भ्रष्टाचार विरोधीहरुले नेकपा एमालेलाई टारगेट गरेर नै नेकपा एमालेका नेता देखि तिनकी निजी सम्पत्तिलाई आगजनी गरी नष्ट गरेको साहले बताइन । सम्पति खरानी भएर पनि आफुहरू विच्चलित नभएको समेत उनले बताईन । तर देश खरानी भएकोले आत्मा रोएको साहले भने । खरानी भएको देशलाई पुन बनाउन जनताको पार्टी नेकपा एमाले पुन जनताको माझमा आएको बताईन ।

घर घरमा ओली, मन मनमा ओली को नारा संगै देशको ७ सय ५३ पालिकामा धेकपा एमालेले विरोध सभा गरेका छन् ।

नगर अध्यक्ष त्रिलोक विक्रम साहको अध्यक्षतामा निस्केको र्यालीमा केन्द्रीय सदस्य मन्जु थापा, एकबाल मिया, सरस्वती चौधरी, प्रदेश सचिव मनोज पौडेल, सुन्दर विश्वकर्मा, प्रदेश सदस्य देव नारायण चौधरी लगायत जिल्लाका नेता तथा हजारौ कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव रविन्द्र भण्डरीले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार