रोशी गाउँपालिका साक्षर घोषणा

काभ्रे । जिल्ला काभ्रेको रोशी गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । रोशी गाउँपालिकामा रहेका १२ वटै वडामा १५ देखि ६० बर्ष उमेर समुहका ९८.९७ प्रतिशत मानिस साक्षर रहेकोले रोशी गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । मंगलबार गाउँपालिकाको सभाकक्षमा अध्यक्ष दल बहादुर लामा (डी.बी) ले गरिएकाु प्रस्तावमा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख उद्धव के.सीले साक्षर नगर घोषणा गरेका हुन ।


कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव क.सीले साक्षर गाउँपालिका घोषणा गरेकोमा रोशी गाउँपालिकालाई धन्यवाद दिए । उनले शिक्षामा प्रगति गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु क्रियाशिल हुनुपर्नेमा जोड दिए । अब हामी छिट्टै सिँगो जिल्लालाई नै साक्षर घोषणा गर्ने अन्तिम चरणमा पुगेका बताउँदै उनले भने स्थानीय तहलाई साक्षर घोषणा गरेर मात्र हुँदैन, यसलाई क्रियाशिल बनाउन र निरन्तरता दिन आवश्यक रहेको बताए ।


सोही कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डि.वि. लामाले रोशी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा कार्यलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण विद्यालय तथा शिक्षकहरुमा धन्यवाद दिदैे भविश्यामा आइपरेका समस्या चुनौतिहरुलाई सम्बोधन गर्दै आगामी दिनमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । हामीले केन्द्र सरकार, प्रदेश सरकार संग समन्वय गरेर रोशी गाउँपालिका साक्षर बनाउने अभियान सफल भएको साक्षर गाउँपालिका भए पनि पूर्ण साक्षर बनाउने अभियानमा निरन्तर लागिरहेको गाउँपालिका अध्यक्ष लामाले बताए ।


उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैला, प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहाल, शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, नमोबद्ध नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, वडा अध्यक्ष पदमबहादुर लामा, शिक्षा शाखा प्रमुख रामबहादुर लामा लगायतले रोशी गाउँपालिकाले साक्षर गाउँपालिकाका लागि गरेका प्रयास र यसको निरन्तरताका लागि शुभकामना दिए ।


साक्षर घोषणा कार्यक्रममा रोशी स्मारिका लोकापर्ण गरिएको थियो । जिल्ला समन्वय समिति काभ्रेले बाँकी साक्षर घोषणा हुनको लागि एक गाउँपालिका बाँकी रहेको जनाएको छ । जिल्लाको १३ स्थानीय तह साक्षर घोषणा भए संगै जिल्ला साक्षर घोषणा फागुन ७ गते साक्षर घोषणा हुदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 483 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ