धनगढी । कैलालीको धनगढीमा भोलि साइकल र्याली हुने भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजनामा भोलि शनिबार बिहान हुने भएको हो ।
धनगढी नगर प्रमुख गोपाल हमाले शनिबार आयोजना हुने साइकल र्यालीमा भाग लिन सार्वजनिक अपिल गरेका छन् । उनले घरमा भएको जस्तोसुकै साइकल ल्याएर बिहान ८ बजे ट्राफिक चौराहामा उपस्तिथि हुन अनुरोध गरेका छन् ।
धनगढी चौराहबाट साढे आठ बजे साइकल र्याली सुरू हुने नगर प्रमुख हमालले बताएका छन् । उक्त र्याली धनगढी मुख्य सडक हुँदै गुरहीचोकबाट जेन्जी मार्गमा पुगेर समापन हुनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)






