प्रतिगामी षड्यन्त्र विरूद्ध नेकपा एमालेको प्रदर्शन

बारा । नेपाल कम्युनिष्ट पार्टी एमालेको देशव्यापी कार्यक्रम अन्तर्गत बारामा पनि प्रतिगामी षडयन्त्र विरूद्ध जिल्लास्तरीय जनप्रदर्शन तंआ जनसभा कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी इन्चार्ज ज्वाला कुमारी साहले जेनजीको नाममा देशमा आगो लगाएकोलाई देशद्रोह मुद्दा लगाउनुपर्ने बताईन । जेनजीको माग पुरा गर्न बनाइएको एनजीओको सरकार सतामा लिप्त रहेको आरोप लगाइन ।

नेकपा एमाले जनताको पार्टी रहेकोले जनतासंगै एमाले रहेको बताईन । चुनावमा जान आफुहरु तैयार रहेको समेत जानकारी गराईन । एनजिओको सरकारले समय मै चुनाव गराउन नसक्ने बताईन ।

त्यस्तै पुर्व मन्त्री किसान श्रेष्ठले एकीकृत समाजवादीबाट नेकपा एमाले पार्टीमा क्षमा माग्दै पार्टी प्रवेश गरेका छन् । जेएनजीको नाममा व्यक्तिगत सम्पत्तिमा आगजनीबाट नियन्त्रण गर्न नसक्ने प्रशासनलाई त्यसको मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिगामी षडयन्त्र विरूद्ध जिल्लास्तरीय जनप्रदर्शन तथा जनसभा कार्यक्रम अध्यानन्द पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्री पुरुषोत्तम पौडेल, अच्युत मैनाली, महमद समिर, प्रसौनी गाउपालिकाका मेयर विनोद जैयसवाल, जलन्धर सिह लगायत जिल्लाका हजारौ कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रम संचालन पार्टी सचिव अमृत शर्मा बजगाईले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार