रौतहट । नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरि नेताहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । रौतहटको मौलापुरमा आज आयोजित एक कार्यक्रममा एमाले र जसपा परित्याग गरि नेताहरू आजपामा प्रवेश गरेका हुन ।
गुजारा नगरपालिका वार्ड नं ३ का निर्वाचित वड़ाध्यक्ष एंव एमाले नेता गजेन्द्र चौधरी, जसपाबाट सोही वडाको वड़ाध्यक्ष प्रत्यासी उमाशंकर तिवारी लगायतका नेताहरू आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य लालबाबु मंसुरीले जनाएका छन् । पार्टी प्रवेश गरेका नेताहरुलाई आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले टीका, माला, अबिर लगाई उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
`आज हाम्रो आम जनता पार्टीमा गोलबन्द हुनुभएकोमा सहर्ष हार्दिक बधाई, स्वागत तथा सफल राजनीति भविष्यको शुभकामना व्यक्त गर्दछु´, आजपा अध्यक्ष साहले भने ।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि नेताहरु आजपामा प्रवेश गरिरहेका छन । मकवानपुर, कास्की, तनहुँ, धादिङ, रुपन्देही लगायतका जिल्लामा आयोजित कार्यक्रममा नेताहरू आजपामा प्रवेश गरेका थिए । मकवानपुरको हेटौंडामा एकदिन अघि नेकपा एकता राष्ट्रिय अभियानको सिंगो कमिटी नै आजपामा समाहित भएको थियो ।
सम्बन्धित समाचार
देश जलाउनेलाई देशद्रोही मुदा लगाई देश निकाला गर्नुपर्छ : पुर्वमन्त्री साह
निकास र विकासमा असफल प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा दिन जेनजीको सुझाव
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
मधेश प्रदेशमा आ–आफ्नै डम्फू
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै बारा एमाले सडकमा
प्रतिगामी षड्यन्त्र विरूद्ध नेकपा एमालेको प्रदर्शन






