काठमाडौं । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् ।
अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उनले सनाखत गरेका हुन् । दलको प्रश्तावित अध्यक्ष समेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरेका छन् ।
सनाखतपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे । उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी समेत गरे ।
तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)











