ठूला खेलमैदान आयोजनाको काम सुस्त

गुल्मी । गुल्मीका दुई ठुला खेलमैदानको काममा ढिलासुस्ती भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुरमा बन्दै गरेको अन्तराष्ट्रिय फुटबल रंगशाला र सदरमुकाम तम्घासमा निर्माणाधिन चिदिचौर खेलमैदानको काम सुस्त भएको हो ।

नेपालको प्रथम सहिद लखन थापाको नामबाट आर्थिक बर्ष २०७५–७६ बाट अम्मरपुरमा ‘सहिद लखन थापा अन्तराष्ट्रिय खेलमैदान’ को काम सुरु भएको थियो । फुटबलको लागि तयार गर्न थालिएको रंगलशालाको काम अहिले भएको नै छैन ।

सुरुमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तीन करोड लागतमा माटो काट्ने, पर्खाल लगाउने, दुवो रोप्ने लगायतको काम भएको थियो २०७६ सालपछि २५ लाख र ५० लाख गरी कुल ७५ लाखको काम भएको इन्जिनियर माधव देवकोटाले बताए ।

अहिले खेलमैदानमा दुवो रोप्ने, पर्खाल लगाउने लगायतका काम भएका छन् । इन्जिनियर देवकोटाका अनुसार अहिले बजेट पनि नभएकोले काम सकिने समय’bout कुनै टुंगो छैन । राखेपसँग खेलमैदान गाउँपालिकाको स्वामित्वमा गराउने प्रयास पनि असफल भएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

‘हाम्रो स्वामित्वमा काम गर्छौ भनेको माथिबाट स्वीकृत भएन ।’ उपाध्यक्ष कुँवरले भनिन्, ‘काम हामीले गर्न पनि प्रक्रियागत झन्झटले भएन, राखेपले पनि गरेन ।’ उनले बीचमा एउटा खेलकुद कार्यक्रम गर्दापनि निर्माण व्यवसायी र राखेपले बाधा जनाएपछि अहिले अलपल परेको बताइन् ।

झण्डै एक अर्ब लागत अनुमान गरिएको उक्त खेलमैदान एक सय पाँच मिटर लम्बाई र ६८ मिटर चौडाई सहित कभर्डहल र स्विमिङ पुल सहितको डिपिआर गरिएको थियो ।

सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानको काम पनि निकै सुस्त गतिमा छ । बहुबर्षिय आयोजनाको रुपमा रहेको खेलमैदान निर्माण व्यवसायीले काम नगर्दा अस्तव्यस्त बनेको छ । मैदानको बीचमा ढुंगा, गिट्टी, पाइप लगायतका निर्माण सामग्री राख्दा मैदान थप कुरुप भएको छ । मैदानको बीच भागबाट पानी बगिरहेको छ भने मैदानमा खाल्डाखुल्डी पारेर यत्तिकै छोडिएको छ ।

जसले गर्दा बालबच्चाहरु पानीमा डुबेर घटना घट्ने जोखिम समेत बढेको छ । मैदानको चारैतिर कुनामा झार तथा घाँसपात उम्रिएको छ । जसले गर्दा सदरमुकामको पनि केन्द्रमा रहेको चिदिचौर खेलमैदान थप कुरुप बनेको छ । सार्वजनिक खरिद ऐन–२०६३ ले कुनै पनि आयोजना सुरु गर्नुभन्दा पहिले त्यस’bout सूचना पार्टी राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसमा आयोजनाको नाम, लागत रकम, सम्झौता मिति, निर्माण कम्पनी, आयोजना सक्नुपर्ने मिति समेत उल्लेख गर्नुपर्ने हुन्छ ।

तर झण्डै एक करोडको बहुबर्षिय आयोजनाको काम गर्दासमेत चिदिचौरमा कुनै सूचना पार्टी (होर्डिङ बोर्ड) राखिएको छैन । ‘होर्डिङ बोर्ड राख्न माग गर्दै दुई पटकसम्म प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरायौँ ।’ सुशासन अभियान गुल्मीका उपाध्यक्ष विनोद पाण्डेले भन्नुभयो, ‘समाजलाई हामीले उठाएका बिषय मान्न गाहे हुँदोरहेछ ।’ पाण्डेले चिदिचौर खेलमैदानको बिषयमा राज्यले लाचारीपन देखाएको आरोप लगाए ।

चिदिचौर खेल मैदानको पुननिर्माणका लागि एक करोड लागतमा रामेछाप कन्स्ट्रक्सनले २०८२ वैशाखमा जिम्मा पाएको थियो । काम सक्नुपर्ने म्याद ०८३ असारसम्म छ । तर खनेर अलपत्र छोड्दा समस्या थपिएको छ । चिदिचौरको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले कम गुणस्तरका सामग्री ल्याएपछि नगरपालिकाले त्यसलाई फिर्ता समेत गरेको थियो ।

अब पनि समयमै काम गरे एक महिनामै सकिन्छ । तर निर्माण कम्पनीले काममा ढिलाई गर्दै आएको छ । जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले राजनीतिज्ञले दुख गरेर बजेट पार्दापनि समयमा काम नहुनु दखद् भएको बताए ।

उनले नेपालको सरकारी संयन्त्र, सार्वजनिक खरिद ऐन लगायतले समस्या पारेको र त्यसको भागिदार राजनीतिज्ञ हुनुपरेको गुनासो गरे । चिदिचौरको सन्दर्भमा अब केही समयपछि काम सुरु हुने भएपनि अम्मरपुरको खेलमैदानको बिषयमा भने काम’bout केही भन्न नसकिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश