नवलपुरको कोरोना संक्रमित महिलाको माइती र दिव्यपुरी शिल, १२ जनाको स्वाब संकलन

नवलपुर । मंगलबार कोरोना संक्रमण भेटिएकी देवचुली नगरपालिका २ माइत भएकी महिलाको घर रुपन्देही भएको खुलेको छ ।

उनी बैशाख १९ गते श्रीमानसँगै मोटरसाइकलमा देवचुली २ सिजी नजिकै माइत आएर बसेकी थिइन् । उनी १० दिन माइत बसेर बैशाख २९ गते श्रीमानसँगै काठमाडौं गएको खुल्न आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार २४ बर्षीय ति महिलासँगै यात्रा गरेका श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको छ । उनी १० दिन माइत बसेकोले अहिले माइतीघर र गाउँ बुधबार शिल गरेर माइतीको स्वाब संकलन गर्ने कार्य शुरु गरिदै छ । उनको माइती र उनको गाउँमा अहिले आउजाउ बन्द गरिएको चापागाईले बताए ।

रुपन्देहीको कोटिहवा घर भएकी ति महिलाको माइती घरमा सम्पर्कमा आएका सबैको पहिचान गरी बुधबार नै स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइने तयारी भएको चापागाईले बताए । चापागाईका अनुसार उनको माइतीमा कसैलाई पोजेटिभ देखिए गाउँ नै शिल गरेर थप परीक्षण गरिने छ भने कसैमा पनि संक्रमण नदेखिएर माइती घरका कसैलाई पनि दुई हप्तासम्म घरबाट बाहिर निस्कन दिइने छैन ।

देवचुली २ माइत भएकी ति महिलाको माइती घरका १२ जनाको बुधबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । एक जनाको तत्काल आरडिटी परीक्षण गर्दा एन्टी बढी नेगेटिभ पाइएको जिल्ला स्वास्थय कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईले बताए ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारीका अनुसार ति महिलाको माइती पक्षले सिजी अगाडि होटेल र खाद्यान्न पसल समेत सञ्चालन गर्दै आएको र ति महिला पनि होटेल र खाद्यान्न पसलमा बसेर माइती पक्षलाई सघाएकोले चौधरी उद्योग (सिजी) का मजदुरहरुमा पनि कोरोनाको संक्रमण रहेको आशंका गरिएको छ ।

चौधरी उद्योग लकडाउनका बेला केही समय सञ्चालनमा आएको थियो । ति होटल र पसलमा चौधरीका मजदुरहरु आउजाउ गर्ने भएकोले संक्रमणको खतरा देखिएको हो । चौधरी उद्योगमा आवश्यकता भन्दा बढी मजदुर राखिएको, सामाजिक दुरी कायम नगरिएको, भारतबाट ट्रकमा आउने चालक र सहचालकहरुसँग मजदुरहरुको सोझै सम्पर्क हुने लगायतका कारण आफूहरु असुरक्षित रहेको भन्दै सिजीका मजदुरहरुले आन्दोलन गरेर उद्योग छाडेका थिए ।

उद्योगका सबै मजदुरको चौधरी उद्योगकै खर्चमा ३ दिनभित्र आरडिटि परीक्षण गरिदै

चौधरीमा त्यति बेला रहेका ६ सय मजदुर मध्ये करिब ५ सय मदजुरहरु आन्दोलन पछि घर गएका थिए । उनीहरुको २० जनाको मात्र आरडिटी परीक्षण गरिएको थियो । घर गएका अधिकांश मजदुरहरु घरमै क्वारेन्टाइनमा बसेको देवचुलीका उपप्रमुख पार्वता तिवारीले बताइन् ।

घर गएका सबै मजदुरहरुको चौधरी उद्योगकै खर्चमा ३ दिनभित्र सक्ने गरी आरडिटी परीक्षण शुरु गरिने भएको पार्वता तिवारीले बताए ।
भारतबाट आएका मजदुरहरुबाट चौधरी उद्योगका मजदुरमा कोरोना संक्रमण देखिएको भए । देवचुलीमा स्थिति भयावह हुने देखिएको छ ।

साविक दिव्यपुरी गाविस ५ दिनका लागि शिल

अहिले देवचुली नगरपालिकाको वडा नंं. १, २, ३, ४ र ५ अर्थात साविक दिव्यपुरी गाविस ५ दिनका लागि शिल गरिएको छ । दिव्यपुरी भित्र रहेको पसल, होटल, खाद्यान्न पसल, तरकारी पसल, किराना पसल सबै बन्द गरिएको पार्वता तिवारीले बताइन् ।

चौधरी उद्योगबाट घर गएका अधिकांश मजदुरहरु साविक दिव्यपरी गाविसका रहेका छन् । यस अघि देवचुली नगरपालिका १२ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । ति पुरुष घर नआइ विरगञ्जको रक्सौल नाकाबाट नेपाल प्रवेश गरी सोझै चितवनको अस्पताल गएकोले ति पुरुषबाट नवलपुरमा कसैमा पनि संक्रमण फैलन पाएको थिएन । उनको अहिले भरतपुरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार