कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले सानदार सुरुवात गरेको छ । साविक उपविजेता सुदूरपश्चिमले एक समय जितको सम्भावना दरिलो बनाइसकेको काठमान्डु गोर्खाजलाई २९ रनले पराजित ग¥यो ।
१५औं, १६औं र १७औं ओभरमा गएर काठमाडौंको लगातार विकेट जाँदा सुदूरपश्चिमका लागि गुम्नै आँटेको खेल फर्किएको थियो ।
यस हारसँगै काठमाडौंले खेलका दुई खेलमा एकमा जित र अर्कोमा हार बेहोरेको छ । काठमान्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो ।
काठमाडौं ११८ रनमै अलआउट
हर्मित सिंहले बनाए १९ बलमै अर्धशतक
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६ दशमलव ५ ओभरमा मात्रै १ सय १८ रनमा अलआउट भयो । काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । काठमान्डुका लागि खेलको सुरुवात राम्रो बन्न सकेन । उसका ओपनिङ ब्याटर बेन चाल्र्सवेथ दोस्रो ओभरमा सुदूरपश्चिमका हेमन्त धामीको बलमा सिकार भए । उनी विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए ।
धामीले आफ्नो भीम सार्कीलाई पनि क्याच आउट गरे । सार्की १२ रनमा क्याच आउट भए । त्यसपछिका ब्याटर सन्तोष यादव अर्को ओभरमा रनआउट हुनपुगे । सुदूरपश्चिमका ओपनर आकाश त्रिपाठी र जोन सिमसनले काठमान्डुको इनिङ सम्हालेर उकासेका थिए ।

सिमसन ११औं ओभरमा २४ रन बनाउँदैगर्दा इशान पाण्डेको एलबीडब्लू धरापमा परे । उनले आकाशसँग चौथो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । तर, अर्को ओभरमा आकाश त्रिपाठीलाई हर्मित सिंहले ३४ रनमा आउट गरिदिए । उनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे । लगत्तैको बलमा हर्मितले आदिल अन्सारीलाई एलबीडब्लूको धरापमा पार्दै डकआउट गर्दा सुदूरपश्चिम मजबुद देखियो ।
त्यसपछि मिलिन्द कुमार ११ रन र रशिद खान ६ रनमा आउट भए । करण केसीले मात्र १ रन जोडे भने सनी पटेलको नाममा १० रन रह्यो । बेन, सन्तोष यादव र रसिद खान बिनाकुनै दोहोरो अंक आउट भए । अदिल आलमले कुनै रन बनाउन सकेनन् ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेइलिन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमा १ सय ४७ रनमा अलआउट भयो ।
खराब सुरुवात गरेको सुदूपश्चिमका लागि हर्मित सिंहले १९ बलमै अर्धशतक पूरा गरे । हर्मितले आउट हुनुपूर्व २ चौका र ६ छक्काको मद्दतमा ५३ रन बनाए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले हर्मितसँग सातौं विकेटका लागि ६१ रनको साझेदारी गरे । दीपेन्द्रले ३ चौका र १ छक्कासहित ३० बलमा ३९ रनको योगदान गरे ।
त्यसअघि पहिलो ओभरमै काठमान्डुका कप्तान करण केसीले २ विकेट लिएपछि सुदूरपश्चिम सुरुमै धर्मरायो । दोस्रो बलमा अस्ट्रेलियन ब्याटर जोश ब्राउनलाई करणले शून्यमा एलबीडब्लूको धरापमा पार्न सफल भए । यही ओभरको अन्तिम बलमा विनोद भण्डारी पनि भीम सार्कीबाट क्याच आउट हुन पुगे । तेस्रो ओभरमा करणले अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई २ रनमा मिलिन्द कुमारबाट क्याच आउट गराए । आरिफ शेखले २५ रन बनाउँदा इशान पाण्डे मिलिन्द कुमारको बलमा ११ रनमै आउट भए । सुदूरपश्चिमका नरेश साउदले १२ बलमा ६ रन मात्र जोड्न सके । अविनाश बोहोरा र स्कट १ एक रनमा पेभिलियन भए ।
बलिङमा काठमान्डुका करण केसीले ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चिए । रशिद खान, मिलिन्द कुमार र सनी पटेलले २–२ विकेट हात पारे ।
एनपीएलमा आज एउटा मात्र खेल हुँदै छ । अपराह्न ४ बजे हुने खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनीका लागि यस सिजनको यो पहिलो खेल हुनेछ भने चितवनका लागि दोस्रो खेल हुनेछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।
सम्बन्धित समाचार
बिराटनगर किंग्सको अफिसियल एन्थम सार्वजनिक
हङकङ सिक्सेसः नेपाल अफगानिस्तानसँग पराजित
सिद्धार्थ बैंक एनपीएलको दोस्रो संस्करणमा पनि एनसेलको सहकार्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा
सिद्धार्थ बैंक एनपिएल : आज जनकपुर र काठमाडौं भिड्दै
उद्घाटन खेलमा काठमान्डु गोर्खाज विजयी
एनपीएल क्रिकेट : आज चार टोली मैदानमा
कीर्तिमानी रनसहित विराटनगरको रोमाञ्चक जित






