विराटनगरको लगातार दोस्रो जित

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगरले आफ्नो दोस्रो खेलमा शनिबार काठमान्डुलाई ५ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय मैदानमा विराटनगरले लगातार दोस्रो जित हाँसिल गर्दा काठमान्डु भने लगातार २ खेलमा पराजित भयो। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले निराश भएको थियो ।

शनिबार काठमान्डुले दिएको १ सय ३५ रनको लक्ष्य विराटनगरले १७ओभर १ बलमा ५ विकेटको क्षतिमा पूरा ग¥यो।

जर्ज मन्से र मार्टिन गप्टिलको ५३ रनको साझेदारीसँगै विराटनगरको जित संभव भयो । मन्सेले १६ बलमा ५ चौका र २ छक्काको मद्दतमा ३६ बनाए। उनी काठमान्डुका शाहब अलामको एलबिडब्लूको धरापमा परेका थिए।

गप्टिलले १९ बलमा २ चौका र १ छक्का सहित २५ रन बनाए। उनी पनि शाहब आलमले नै इरासमसबाट क्याच भए । ओपनर लोकेश बम १० बलमा २ छक्काको मद्दतमा १४ रनमा आउट भए ।

बासिर अहमदलाई इरासमसले १९ रनमा आउट गरे । यस्तै नरेन भट्टले ३० बलमा २ चौकाको मद्दतमा २४ रन प्रहार गर्दै १७औं ओभरमा सन्तोष यादवको बलमा करण केसीबाट क्याच भए। कप्तान सन्दीप लामिछानेले नटआउट ९ र शुभम रन्जनेले नटआउट ६ रन बनाए।

बलिङमा काठमान्डुका शाहब आलमले २ विकेट लिए। उनले ४ ओभरमा १९ रन दिए। करण केसी, सन्तोष यादव र इरासमको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुका लागि आदिल अन्सारीले २५ बलमा नटआउट ४८ रन जोडे। जसका कारण काठमान्डुले ६ विकेटको क्षतिमा १ सय ३४ रनको सम्मानजनक रन बनाउन सक्यो ।

ओपनर आकाश त्रिपाठी पहिलो ओभरमै शून्य रनमा मास्र्याङ डि लाङको बलमा क्याच भए। त्यसपछि रिकार्डो भास्कोनसेलोन्स ३ रनमा तथा प्रतिक श्रेष्ठ पनि २ रनमा आउट भए । काठमान्डुका इरासमसले १८ बलमा १० रन मात्र जोड्न सके।

सम्हालिएर ब्याटिङ गरेका ओपनिङ ब्याटर बेन चाल्र्सवेथले ३३ बलमा १ चौका र २ छक्काको मद्दतमा ३२ रनको योगदान गरे । यस्तै सन्तोष यादवले २४ बलमा २६ रन बनाए । बलिङमा डिङ लाङले २ विकेट लिदा शुभम रन्जने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिन सफल भए ।

आइतबार खेल छैन
एनपिएलमा आइतबार कुनै खेल हुनेछैन। सोमबार भने २ खेल हुनेछन् । पहिलो खेलमा विराटनगरले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा अपरान्ह चार बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीको वन क्षेत्रमा करिब तीन लाख क्युफिट काठ कुहिँदै