आधा दर्जन व्यक्तिमा कोरोना पुष्टि भएपछि प्रादेशिक क्वारेन्टाइन सिल

जनकपुरधाम । प्रदेश २ को प्रादेशिक क्वारेन्टाइनस्थलमा करिब आधा दर्जन व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सो स्थललाई सिल गरिएको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा प्रदेश सरकारले निर्माण गरेको प्रादेशिक क्वारेन्टाइनलाई सिल गरिएको हो ।

प्रादेशिक क्वारेन्टाइनस्थलमा एक साताभित्रमा ५ जनामा कोरोना पोजेटिभ पाइएको थियो । भारतको विहार, उत्तरप्रदेश, दिल्ली लगायतका स्थानबाट नेपाल–भारत खुला सीमा हुँदै लुकेर गाउँघर पुगेका ५ जनामा संक्रमण पुष्टि भएको हो । जेठ ३ गते १ जना, जेठ ४ गते २ जना र जेठ ६ गते २ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणका नेपाली सेनाको कर्नेल गजेन्द्र रावलको नेतृत्वको टोलीले सील गरेको क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरले बताए ।

सील भएका कारण तत्काल क्वारेन्टाइनमा नयाँ व्यक्तिलाई राखिने छैन । ‘क्वारेन्टाइनमा ८४ जना छन, अब न कोही आउन पाउनेछन, न कोही बाहिर जान पाउनेछन,’ ठाकुरले भने, ‘क्वारेन्टाइनबाट डिस्चार्ज भएर जाने व्यक्ति पनि तत्कालै बाहिर जान पाउने छैनन् ।’
संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण क्वारेन्टाइनमा २१ दिन बिताएर डिस्चार्ज हुने व्यक्ति पनि जान नपाउने भएका हुन् । ‘आज ८ जना व्यक्ति डिस्चार्ज हुनुपर्ने थियो तर संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण डिस्चार्ज हुन पाएनन,’ उनले भने । अब सबै जनाको पुनः स्वाब संकलन गरेर परीक्षण गरेपछि मात्रै घर जान दिइने छ ।

क्रमशः सबै जना डिस्चार्ज भई क्वारेन्टाइनलाई स्यानिटाइज गरेपछि मात्र नयाँ व्यक्ति राख्न शुरू गरिने ठाकुरले बताए । १२० शय्या क्षमता रहेको क्वारेन्टाइनमा हालसम्म २२० जना राखिएकोमा ५ जना संक्रमित भएर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन् भने १४१ जना घर गइसकेका छन् ।

अहिले सो क्वारेन्टाइनमा ४८ जना कोरोनाका शंकास्पद बिरामीहरु रहेका छन् । सिलबन्दी गरुञ्जेल डिस्चार्ज भएका व्यक्तिहरुसमेत बाहिर जान नपाउने र नयाँ व्यक्ति क्वारेन्टाइनमा आउन नपाउने संयोजक ठाकुरले बताए । प्रादेशिक क्वारेन्टाइनस्थल १ सय २० शैय्या क्षमताको रहेको छ तर त्यसमा २ सय २० जनालाई राखिएको छ । उनीहरुमध्ये ५ जना संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ भने १ सय ४१ जनालाई घर पठाइसकिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत