नवलपरासी पूर्व । आफ्नै बुवा ६० वर्षीय रामबहादुर विकको हत्या गरेको अभियोगमा हुप्सेकोट गाउँपालिका–१ जुगेपानी बस्ने ३० वर्षीय सन्तकुमार विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सन्त कुमारले घरायसी विवादको क्रममा कुटपिट गर्दा रामबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएका रामबहादुरको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)











