सिप्लाद्वारा देशभर विश्व सीओपीडी दिवस २०२५ आयोजना शुरु

काठमाडौं । सिप्ला लिमिटेड (लोकप्रिय नाम सिप्ला) ले विश्व क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) दिवस २०२५ को अवसर पारी नेपालका विभिन्न शहरहरुमा सचेतना कार्यक्रम आयोजना गरेको छ ।

‘श्वास फेर्न गाह्रो … सीओपीडी हुनसक्छ’ भन्ने नाराका साथ स्वास्थ्यकर्मीहरु सर्वसाधारणको घरआँगनमै पुगी रोग’bout सचेतना जगाउने, समयमै जाँच गराउने तथा गाइडलाइनमा आधारित व्यवस्थापन सिप्लाले उपलब्ध गराउने भएको छ ।

श्वासप्रश्वाससम्बन्धी विज्ञद्वारा बिरामीहरुलाई सचेतना र स्वास्थ्य तालीम

काठमाडौंमा सिप्लाले ६०० जनाभन्दा बढी व्यक्तिलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीहरुलाई सीओपीडीको जोखिम मापक गणना र अन्तरक्रियात्मक उपकरणको प्रयोगसम्बन्धी जानकारी गराएको थियो । यस्तै राजधानीकै ह्याम्स अस्पतालमा पनि पीएमडीआई, डीपीआई र नेबुलाइजरहरुको सही प्रयोग कसरी गर्ने भन्ने तालीम दिइएको थियो ।

सिप्लाले अग्रपंक्तिमा रहेर काम गर्ने राष्ट्रसेवकहरुलाई पनि तालीम दिएको थियो । तीमध्ये वीरगञ्जका १५० जना ट्राफिक प्रहरीहरुलाई यस्तो तालीम दिइएको हो । ट्राफिक प्रहरीजस्ता राष्ट्रसेवकले उच्च प्रदूषण हुने वातावरणमा रहेर निरन्तर खटिनुपर्ने भएकाले उनीहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या हुने उच्च जोखिम हुन्छ ।

यसका अतिरिक्त वीर अस्पतालले निकट भविष्यमा सीओपीडी व्यवस्थापनसम्बन्धी विभागस्तरीय उपकरण प्रदर्शन गरी प्रत्यक्ष रुपमा यस’bout जानकारी गराउने भएको छ ।

यति मात्र होइन, आउँदो डिसेम्बर महिनाभरि चिकित्सकहरुका लागि ब्रिदफ्री क्याम्पहरु र कन्टिन्यूइङ मेडिकल एडुकेशन (सीएमई) जस्ता कार्यशालासमेत आयोजना गरिने भएको छ । यो तालीमले सीओपीडी व्यवस्थापनका नयाँ नियमहरु’bout चिकित्सकहरु जानकार हुनेछन् । कम्पनीले नेपालभरि सीओपीडी ट्राइएडजस्तो केस–बेस (घटनामा आधारित) कार्यशाला र लक्षित उपकरण प्रदर्शन तालीमहरु प्नि आयोजना गर्नेछ । यो कार्यक्रमले पाँच हजारभन्दा बढी सर्वसाधारण र एक हजार पाँच सय चिकित्सक तथा पारामेडिक लाभान्वित हुने अपेक्षा गरिएको छ । यो केस बेस तालीमले सिओपीडी हेरचाहका क्रममा पूर्व डाइग्नोस, क्लिनिकल म्यानेज्मेट र रोगीलाई यस’bout शिक्षित (जानकार) बनाउन निकै फलदायी हुने छ ।

यस अभियानका ’boutमा बोल्दै सिप्लाका प्रमुख कार्यकारी– इएमइयु स्वपन मालपानीले भन्नुभयो, ‘सिप्लामा, हामीले गर्ने कामका लागि श्वासप्रश्वास हेरचाह आधारभूत छ र ‘जीवनको हेरचाह’ भन्ने हाम्रो उद्देश्यद्वारा निर्देशित छ ।

सीओपीडी प्रायः बेवास्तामा पर्ने गरेको छ (चिनिदैन) तर समयछँदै जाँच गर्दा रोगीको जीवनमा अर्थपूर्ण भिन्नता ल्याउँछ । नेपालभरि चल्ने यी अभियान रोगीको श्वासप्रश्वासलाई सहज बनाउनका लागि तयार गरिएको मात्र छैन कि सीओपीडी व्यवस्थापन’bout स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप र आत्मविश्वासलाई सशक्त बनाउन, देशको श्वासप्रश्वास स्वास्थ्यलाई दीर्घकालीन रुपमा उन्नत बनाउन सघाउन पनि भूमिका खेल्छ ।

देशभरि नै यस्ता पहलहरुमार्फत सिप्लाले नेपालको श्वासप्रश्वास स्वास्थ्यको क्षेत्रमा मात्र होइन नेपालको शिक्षा, सशक्तीकरण र रोगीहरुमा उम्दा परिणाम ल्याउन पनि अग्रगामी भूमिका खेलिरहेको छ ।

सिप्लाका ’boutमा
सन् १९३५ मा स्थापित भएको यो एउटा औषधि कम्पनी हो । यसले मूलतः भारत, दक्षिण अफ्रिका, उत्तर अमेरिका तथा प्रमुख रुपमा नियमन गरिएका र उदीयमान बजारहरुमा चुस्त र दिगो वृद्धि, जटिल जेनेरिक र फराकिलो पोर्टफोलियो बनाएको छ । हाम्रो सशक्तता नै श्वासप्रश्वास, एन्टी–रिट्रोभाइरल, मूत्ररोग, मुटुरोग, संक्रमण प्रतिरोधी तथा सीएनएसका क्षेत्रमा छ ।

संसारभरि हाम्रा ४६ ठाउँमा उत्पादन कारखाना छन् भने ५० भन्दा बढी खुराक फारमहरु र १५ सयभन्दा बढी अत्याधुनिक प्रविधि प्लेटफर्महरुमार्फत ७४ भन्दा बढी बजारमा विस्तारित भएका छौं । सिप्ला भारतमा तेस्रो ठूलो औषधी कम्पनी बन्न सफल भएको छ । यस्तै दक्षिण अफ्रिकामा दोस्रो ठूलो औषध प्रेस्क्रिप्सन बजार भएको छ भने अमेरिकामै पनि यो चौथो ठूलो जेनेरिक इन्हेलेशन उत्पादनहरुका लागि प्रेस्क्रिप्सन हुने संस्थाका रुपमा चिनिन्छ ।

नौ दशकयता बिरामीहरुको जीवनलाई फरक पार्नुले सिप्लाका हरेक पक्षलाई प्रेरित गरेको छ । सिप्लाको सबैभन्दा ठूलो परिवर्तन त सन् २००१ मा अफ्रिकामा प्रतिदिन एक डलरभन्दा कममा एचआईभी÷एड्समा तीन वटा एन्टि–रिट्रोभाइरल थेरापी उपलब्ध गराउनु थियो । यसले एचआइभी अभियानका कारण सर्वसाधारण समावेशिता, पहुँच र सस्तो थेरापी ल्याउन योगदान पु¥याएको भन्दै व्यापक रुपमा प्रशंसा गरिएको थियो ।

एउटा जिम्मेवार कर्पोरेट नागरिकका रुपमा सिप्लाको ‘जीवनको हेरचाह’ गर्ने उद्देश्यको खोजीमा स्वास्थ्य सेवाप्रतिको मानवीय दृष्टिकोण र जहाँसुकै भए पनि गहिरो जरा गाडेको सामुदायिक सम्बन्धले यसलाई विश्वव्यापी स्वास्थ्य संस्थाहरु, सहकर्मीहरु र सबै सरोकारवाला निकायहरुको एक मात्र छनोट बन्न पुगेको छ ।

थप जानकारीका लागि www.cipla.com मा क्लिक गर्नुहोस् या ट्वीटर (एक्स), फेसबूक र लिंक्डइनमा जोडिनुहोस् ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

पक्राउ गरिएका जेनजी आन्दोलनकारीलाई नछोडिए अर्को जनबिद्रोह हुन्छ : प्रभु साह