जेठ मसान्तसम्म आन्तरिक र बाह्य हवाई उडान बन्द

काठमाडौं । आन्तरिक एवं बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त (१४ जुन)सम्म उडान बन्द गर्ने निर्णय गरेको हो ।

१४ जुनसम्म आन्तरिक र बाह्य उडान बन्द गर्ने समितिको निर्णय आएको नेपाल नागरिक उड्डयनप्राधिकरका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । यसअघि १८ जेठसम्म उडान बन्द गर्ने निर्णय गरिएको थियो । तर, पछिल्लो केही दिनयता कोराना संक्रमितको संख्या बढेपछि उडान थप बन्द गर्ने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै