वायुसेवा निगमको छुटसहित नयाँ भाडादर

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने युवालाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले छुटसहितको नयाँ भाडादर लागू गरेको छ । राष्ट्रिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको हो ।

श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साबिकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निगमले निर्णय गरेको हो । यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट लिनसक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई