फागुन २१ मा निर्वाचन हुँदैन: दुर्गा प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका छन् । शनिवार प्रसाईंले आफू निकटका सञ्चारकर्मीमाँझ यस्ता बताएका हुन् ।

उनले भने ‘चुनाव नै हुँदैन । चुनाव नहुने क्लियर छ । अहिलेको सरकारको नेतृत्वमा रहेकाहरूको पनि जात एउटै हो । विगतका सरकार भन्दा फरक छैन । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ । केको भ्रष्टाचारविरोधी रु मैले कुनै अनियमितता गरेको छैन ।’

उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गरे । उनले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गरे । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउनु हुँदै उनले आफूले हालसम्म कुनै पनि भ्रष्टाचार र अनियमितता नगरेको दाबी गरे ।

उनले मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना मागहरूसहित भेटवार्ता गर्ने बताए । २२ गते प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफूहरूका माग सम्बोधन गर्नेमा आधा मात्रै विश्वस्त रहेको बताउनु हुँदै माग पूरा नभए आन्दोलन हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की