राजमार्ग विस्तारमा ५३१ घर भत्किँदै

जबर्जस्ती पसल बन्द गरेर आन्दोलनमा व्यापारीहरू
मकवानपुर । एसियन हाइवेको मापदण्डअनुसार हेटौंडाको सडक विस्तार कार्यको पूर्वतयारीमा सरोकारवाला निकाय जुटिरहेका छन् । सडक सीमा रेखांकन, नक्सांकनलगायतको कार्य सकिएको छ । संरचना भत्काउनका लागि डिभिजन सडक कार्यालयले डोजरहरूको जोहो गरिरहेको छ ।

यता, सडक विस्तारविरुद्ध सडकमा उत्रिएका घरधनी तथा व्यवसायीहरूले हेटौंडाका मुख्य राजमार्गमा नाराबाजी गर्दै जबर्जस्ती पसल तथा व्यवसायहरू बन्द गराउँदै हिँडेका छन् । मंगलबार बिहान केही समय खुलेका पसललाई पनि आन्दोलनकारीको समूहले सटर झार्न लगाएपछि दिउँसोबाट मुख्य बजार क्षेत्र ठप्प भएको थियो ।

आन्दोलनमा उत्रेका व्यवसायीहरूले अनिश्चितकालका लागि व्यवसाय बन्द गर्न अरू व्यवसायीलाई पनि आग्रह गरेका छन् । हेटौंडाको बुद्ध चोक, सीमा चोक, बैंक रोडलगायतका क्षेत्रमा प्रदर्शनकारीले ¥याली निकालेका थिए । पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्ने सरकारी तयारीको विरोधमा स्थानीय घरधनी आन्दोलित भएका छन् ।

सरकारले राजमार्गको केन्द्रबाट दायाँ–बायाँ २५–२५ गज सडक विस्तार गर्ने योजना अघि सारेपछि हेटौंडाका बासिन्दा विरोधमा उत्रिएका हुन् । उनीहरू मुआब्जाको माग गर्दै सडक विस्तारको विरोधमा उत्रिएका हुन् । उनीहरूले नागरिकलाई उठिबास लगाउन पाइँदैन, बिनाविकल्प डोजर आतंक बन्द गर, व्यवसायीको उचित व्यवस्थापन गर’ जस्ता नारा लगाएका थिए ।

बजार क्षेत्रमा २५ गज सडक विस्तार गर्दा सयौं घर भत्किने र नागरिक सुकुम्बासी हुने भन्दै संविधानले प्रदत्त गरेको सम्पत्तिसम्बन्धी अधिकार सुनिश्चितताको माग गरिएको आन्दोलरत व्यवसायी किशोर ढकालले बताए । उनीहरूले बजार क्षेत्रमा सडकको चौडाइ १६ मिटर मात्र कायम गरिनुपर्ने वा विकल्पमा ‘बाइपास’ सडक प्रयोग गर्नुपर्ने माग राख्दै आएका छन् भने भत्काइने संरचनाको उचित मुआब्जा र क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म डोजर चलाउन नदिने अडान राखेका छन् ।

सडकमा सुरक्षाकर्मी
प्रदर्शनका क्रममा तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । स्थानीय प्रशासनले शान्तिपूर्ण विरोध गर्न पाइने भए पनि जबर्जस्ती बन्द गराउनु र नागरिकको दैनिक जीवनमा अवरोध पु¥याउनु गैरकानुनी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।

जबर्जस्ती पसल बन्द गराउँदै हिँड्ने समूहलाई प्रशासनले कारबाही गर्ने बताएको छ । आन्दोलनका नाममा अराजकता मच्चाउने, अरूको अधिकार हनन गर्ने क्रियाकलाप गर्ने विरुद्ध प्रशासन अब मूकदर्शक भएर नबस्ने प्रजिअ अधिकारीको भनाइ छ ।

सडक विस्तारको सवालमा व्यवसायीहरू र घरधनी दुई पक्षमा बाँडिएको देखिन्छ । प्रशासनले २० गतेसम्मको समयसीमा तोकेपछि घरधनीहरूले व्यापारीलाई अनावश्यक दबाब दिइरहेको उनले बताए । जबर्जस्ती बन्द गराउने र धम्की दिने समूहको निगरानी गर्न प्रशासनले सादा पोसाक (सिभिल ड्रेस)मा प्रहरी टोली परिचालन गरेको थियो ।

विस्थापितलाई व्यवसायका लागि उपमहानगरद्वारा विकल्प प्रस्ताव
सडक डिभिजन हेटौंडाले ५ मंसिरमा १५ दिने सूचना जारी गर्दै २० मंसिरदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घरटहरा हटाउने तयारी गरेको छ । जसमा दुईवटा सरकारी बैंकका संरचनासमेत पर्ने डिभिजन सडक कार्यालय प्रमुख गुरूप्रसाद अधिकारीले बताए ।

यसैगरी, विस्तारित क्षेत्रमा पर्ने धार्मिक सम्पदाका संरचनाहरू निर्माण कार्य सम्पन्न भएपछि उपयुक्त स्थानमा व्यवस्थापन गरिने अधिकारीले बताए ।

यता, बजारमा भने संघर्ष समितिका नाममा दिनहुँ जुलुस, नाराबाजी र प्रशासनमा ज्ञापनपत्र बुझाउनेको लर्को छ । केही व्यापारीले आफ्नो गोदाम खाली गर्नका लागि छुटमा सामग्री बिक्री गरिरहेका छन् । लामो समयदेखि सडक विस्तारको सवाल चर्चामा रहँदै आएकाले अधिकांशले आफ्नो वैकल्पिक तयारी गरिसकेका छन् । वास्तवमै बेघरबार हुनेहरूका लागि स्थानीय सरकारले विकल्प दिनुपर्ने माग उठिरहेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले भने २५–२५ गज भत्काउन नपाउने भन्दै व्यापारीहरूलाई जुलुसमा उतारिरहेको छ । सडक डिभिजन हेटौंडाले २५–२५ गज सडक विस्तार गर्दा हेटौंडा उपमहानगरपालिकाले विस्थापित हुने व्यवसायीलाई बजार क्षेत्रमा व्यवस्थापन गर्न सकिने जनाएको छ ।

सडक विस्तार गर्दा विस्थापित हुने व्यवसायीलाई आफ्नो रोजीरोटी चलाउन व्यवसायबाटै विस्थापित हुन नपरोस् भनेर स्थानीय तहले व्यवस्थापनका तीनवटा विकल्प दिएको छ । जसमा हेटौंडा बसपार्कमा रहेका ४० वटा व्यापारिक सटरमा आफ्नो व्यवसाय राख्न सकिने विकल्प छ । यसका लागि मकवानपुर उद्योग वाणिज्य संघको समन्वय आवश्यक हुने बताएको छ । तर, संघ अहिले विकल्पमाथि छलफल गर्न तयार नभएपछि समस्या चुलिँदो छ । यसैगरी, हेटौंडा–११ स्थित तरकारी फलफूल तथा थोक बजारका लागि निर्माण भएका ६० वटा कोठामा समेत विस्थापित व्यवसायीलाई राख्न सकिने अर्को विकल्प रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । यता, हेटौंडा–४ मा रहेको भूटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरमा समेत व्यवस्थापन गर्न सकिने’bout उपमहानगरपालिकामा छलफल भएको लामाको भनाइ छ ।

धेरैजसो व्यवसायीले हेटौंडा बजार क्षेत्रमा दुईवटा पसल राखेर व्यवस्थापन गरिसकेको उपमहानगरपालिकाको बुझाइ छ । बजार क्षेत्र भत्कने हल्लासँगै लामो समयदेखि खाली रहेको नारायणी मलसमेत व्यवसायीले बुक गरिसकेका छन् । बजार क्षेत्रमा खाली रहेका सुपर मार्केटमा समेत व्यवसायीलाई व्यवस्थापन गर्न सकिन्छ ।

विस्थापित व्यवसायीको पुनःस्थापनामा आवश्यक सहयोग र समन्वय गर्न मकवानपुर उद्योग वाणिज्य संघलाई हेटौंडा उपमहानगरपालिकाले आग्रह गरेको छ ।

घरटहरा भत्काउन आवश्यक बन्दोबस्ती गरेर सडक डिभिजनले मेनरोडका पेट्रोल पम्पहरूलाई इन्धन बेच्नसमेत रोक लगाइसकेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरटहरा हटाउने र सडक विस्तार गर्ने कार्यमा अवरोध नगर्न अनुरोध गरिसकेको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले २५–२५ गज सडक विस्तार गर्दा विस्थापित हुने व्यवसायीलाई बजार क्षेत्रमा व्यवस्थापन गर्न सकिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

एकमत छैन व्यवसायीमा
सडक विस्तारको सवालमा दिनहुँजसो जुलुस र नाराबाजी जारी राखेका व्यापारीले पसल बन्द गरेर विरोध जनाउँदै आएका छन् । तर, केही व्यापारीले पसल पूर्णरूपमा बन्द नगरी आन्दोलमा देखा मात्रै पर्ने र सामग्री बेचिरहेको भन्दै व्यावसायीहरूबीचमा विद्रोह सुरु भएको छ । अनिवार्य रूपमा सटर बन्द गरेर विरोधमा उत्रनका लागि व्यवसायीहरूले माइकिङ गरेका छन् ।

‘बजार बन्द गरेर स्टक सामग्री कसरी कटाउनु, भित्रभित्रबाट बेच्न पाए पनि अलि कटाउन सकिन्छ,’ एक कपडा व्यवसायीले भने, ‘आन्दोलन गरेर अब सडक विस्तार रोकिएलाजस्तो लाग्दैन, तर साथीहरूलाई साथ दिनुपर्छ भनेर लागेको छु ।’

आफूहरूले पूर्ण रूपमा पसल बन्द गरेर आन्दोलन गरेपछि कुनै पनि हालतमा सरकारले सुन्नुपर्ने व्यवसायी किशोर ढकाल बताउँछन् । ‘हाम्रो पुर्जा खोस्टा हो र ? पुर्जावाला जग्गामा बनेको हाम्रो घर भत्काएर देखाओस् त ?’ ढकालले भने, ‘वर्षौंदेखि हामीले सरकारलाई राजस्व तिरेर बस्दै आएका हौं, हामीलाई सुकुम्बासी बनाउन पाइँदैन, ब्याक हुनेवाला छैनौैं ।’

मकवानपुर उद्योग वाणिज्य संघले केही व्यवसायीलाई सडक विस्तारविरुद्ध उक्साएपछि संघकै पूर्वपदाधिकारीले भने आफ्नो घर आफैं भत्काएर सरकारको अभियानमा सहयोग गर्ने’bout पत्रकार सम्मेलन नै गरेर जानकारी गराएका छन् । आन्दोलनरत व्यवसायीहरूले बुधबारबाट अनिश्चितकालीन बजार बन्द गर्ने घोषणा गरेका छन् । यसमा सबै व्यापारी तयार छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल