स्थापना दिवसमा साझाको पुस्तक प्रदर्शनी सुरु

काठमाडौं । साझा प्रकाशनले आफ्नो स्थापना दिवसका अवसर पारेर बुधवारबाट पुस्तक प्रदर्शनी सुरु गरेको छ । पुस्तक प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललितपुर देखि देशभरका सम्पूर्ण बिक्री कक्षहरूमा रहेको सो प्रकाशनले जनाएको छ । प्रदर्शनी १७ मंसिरबाट आगामी १ पुससम्म रहने छ । प्रदर्शनीमा राखिएका पुस्तकको मूल्य ७५ पैसा देखि २८ सय रुपैयाँसम्म रहेको छ ।

बुधवार सो प्रदर्शनीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले उद्घाटन गरे । नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षाको विकासका साझा प्रकाशनको निकै ठुलो योगदान रहेको सचिव भुजेलले कार्यक्रममा बताए । साझा प्रकाशनसँग देशको पहिचान गाँसिएको बताउँदै सचिव भुजेलले यस संस्थाले पढ्ने बानीको विकासमा गरेको अभियान निकै सकारात्मक छ भने ।

साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले कार्यक्रममा भने,‘ १९७० सालमा स्थापित गोरखा भाषा प्रकाशिनी समिति पछि १९९० सालमा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित भयो । त्यसैको उत्तराधिकारीको रूपमा २०२१ मंसिर १७ मा साझा प्रकाशन स्थापना भएको हो ।’

साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले साझा प्रकाशनलाई सुदृढीकरण गर्न रणनीतिक कार्य योजना तयार गरिएको बताए । पुस्तक प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने उनले जानकारी गराए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, साझा प्रकाशनका सल्लाहकार समिति संयोजक डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा अभि सुवेदी, प्राज्ञ मातृका पोखरेल, सीता पाण्डे, श्रीओम श्रेष्ठ रोदनलगायतले साझा प्रकाशनसँग आफ्नो कृति र यसको योगदान’bout कार्यक्रममा चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण