आव २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ

काठमाडौं । आव २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ । अर्थसचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा यस’bout जानकारी दिएका हुन् ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको जानकारी दिँदै उनले तोकिएको १८ खर्ब ९० अर्बको सिलिङभित्र रहेर बजेट बनाउन विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको बताए ।

उनले भने, ‘मन्त्रालयगत बजेट सूचना प्रणालीमा सबै मन्त्रालयले आफ्नो योजना र विवरण प्रविष्ट गरिसकेका छन्, अहिले अर्थ मन्त्रालयले प्रत्येक मन्त्रालयसँग बजेटका प्राथमिकता, अनावश्यक खर्च कटौती र अधुरा आयोजनाका ’boutमा छुट्टाछुट्टै छलफल गरिरहेको छ ।’

अर्थसचिव उपाध्यायले चालु वर्षमा हालसम्म पुँजीगत खर्च जम्मा २६ प्रतिशत मात्र र राजस्व संकलन लक्ष्यको ६० प्रतिशत (८ खर्ब ८६ अर्ब) मात्र पुगेको पनि जानकारी दिएका छन् । उनले यस्तो चुनौतीपूर्ण अवस्थामा आगामी बजेटलाई कसरी नतिजामुखी बनाउने भन्नेमा मन्त्रालय केन्द्रित रहेको पनि बताए ।

अर्थ सचिव उपाध्यायले मन्त्रालयले खर्च कटौतीका लागि ३९ वटा अनावश्यक संरचना र ३०० भन्दा बढी दरबन्दी खारेज, १५ वटा असान्दर्भिक कानुनहरू खारेजीको प्रक्रियामा रहेको र आगामी बजेटमार्फत वित्तीय अनुशासनलाई थप कडाइ गरिने उनले उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ६ जना पक्राउ