देउवा र ओलीको भेटमा आरजु र राधिका पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा धर्मपत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी हुनुहुन्थ्यो । जेनजी आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

संविधान संशोधनवारे कांग्रेसको धारणा सार्वजनिक हुँदै