सेना र टेम्केमैयुङको सहकार्यमा सञ्चालित शिविरबाट ४४३ ले सेवा

भोजपुर । नेपाली सेना र टेम्केमैयुङ गाउँपालिको सहकार्यमा वडा नं ६ कोट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जनस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले सञ्चालन गरिएको शिविरिबाट ४४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेना र गाउँपालिकाको मुख्य साझेदारी शिविर सञ्चालन गरिएको गाउपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

“नेपाली सेना र गाउँपालिकाको साझेदारीमा निःशुल्क शिविर सञ्चालन गरेका छौँ”उपाध्यक्ष राईले भन्नुभयो,“ग्रामीण भेगका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पु¥याउनले लक्ष्य शिविर गरेका हौँ ।”

शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, टेम्केमैयुङ गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल भोजपुर, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाहरूको समन्वय र सहकार्य रहेको थियो ।

शिविरमा कान, नाक, घाँटी, आँखासमेतका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका छन् । त्यस्तै बाल–रोग, दन्त–रोग, स्त्री–रोग, सामान्य रोगको जाँच तथा आवश्यक औषधिसमेत निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।

दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर नेपाली सेना र गाउँपालिका साझेदारीमा सञ्चालन भएको शिविरले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।

शिविर टेम्केमैयुङ–६ कोटस्थित जनोदय माध्यमिक विद्यालयको सञ्चालन गरिएको हो । नेपाली सेनाले ग्रामीण क्षेत्रमा नियमित रूपमा यस्ता सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता