विद्यालयमा राखिएका कोरोना संक्रमितलाई अस्पतालमा सारियो

वीरगन्ज । विरगञ्जको नारायणी अस्पतालमा नअटेर विद्यालयमा राखिएका कोरोना संक्रमितलाई स्थानीय गण्डक अस्पतालमा सारिएका छन् । संक्रमित बिरामीलाई उपचार गरिरहेको नारायणी अस्पतालमा बिरामी नअटेर स्थानीय सिद्धार्थ मा.वि.मा राखिएका थिए । ती २५ जना संक्रमितलाई बिहिबार गण्डक अस्पतालमा सारिएको हो ।

पर्साको वीरगन्जमा २ दर्जन नीजि अस्पताल रहेका छन् । तथापि कोरोना संक्रमितलाई उपचार गर्न लिखित रुपमा गण्डक अस्पतालले मात्र स्थानीय सरकारसँग मन्जुरी जनाएको थियो । गएको बैशाख ६ गते गण्डक अस्पतालले मन्जुरी जनाए अनुसार केन्द्रको स्वीकृति र प्राविधिक कुरा मिलेपछि बल्ल नारायणी अस्पतालकै नामले गण्डक अस्पताल संचालनमा ल्याइएको नारायणी अस्पतालले जनाएको छ ।

पहिलो चरणमा विद्यालयमा राखिएका २५ संक्रमितलाई अस्पतालमा सारिएको छ । नयाँ थपिएका कोरोना संक्रमितलाई पनि अब गण्डक अस्पतालमा नै पठाइने नारायणी अस्पतालका चिकित्सकले बताए । नारायणी अस्पताललाई जेनेरल अस्पताल नै बनाउनु पर्ने चौतर्फी दवाव भएपछि यहाँ उपचार गराइरहेका ७१ जना विरामी डिष्चार्ज भएपछि नारायणी अस्पताललाई जनरल अस्पताल नै बनाउने तयारी भइरहेको उनीहरुको भनाइ छ ।

गण्डक अस्पतालका संचालक रहवर अन्सारीले पनि पहिलो चरणमा २५ जना कोरोना संक्रमित गण्डक अस्पतालमा ल्याइसकेको बताए । अस्थायी रुपमा नारायणी अस्पतालकै नामले संचालित गण्डक अस्पतालमा ७० जनासम्म संक्रमितको उपचार गर्न सकिने गरी तयारी गरिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को