एनी प्रथम गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति युवा क्लब इटहरीलाई

सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचामा सम्पन्न एनी प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राष्ट्रिय जागृति युवा क्लबले हात पारेको छ। सोमबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय जागृतिले गाइघाट युनाइटेडलाई १–० ले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

राष्ट्रिय जागृति युवा क्लबले इटहरीका जर्सी नम्बर १२ का प्रभेश बस्नेतले खेलको दोस्रो हाफको आठौं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाए।उपाधिसँगै विजेता राष्ट्रिय जागृति युवाले नगद २ लाख १ हजार प्राप्त गर्यो भने उपविजेता गाइघाट युनाइटेडले १ लाख १ हजारमा चित्त बुझायो।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी राष्ट्रिय जागृतिका प्रवेश दनुवार घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । साथै,सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई नगद सहित सम्मान गरिएको थियो भने शारीरिक अपांगता भएका २ जनालाई व्हिलचेयर प्रदान गरिएको गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार