बेकहम र इन्टर मियामी: खेलाडीदेखि मालिकसम्म, मेस्सीको प्रवेशले चम्कियो क्लब

काठमाडौं । एलए ग्यालेक्सी एफसी’मा खेलाडीका रूपमा रहँदा डेभिड बेकहमले आफ्नो टिमलाई सन् २०११ र २०१२ गरी दुईपटक ‘मेजर लिग सकर’ अर्थात् ‘एमएलएस’ उपाधि दिलाएका थिए । अहिले बेकहम ‘खेलाडी’ र ‘मालिक’का रूपमा ‘एमएलएस’ जित्ने विश्वकै एक मात्र पात्र बनेका छन् । यसअघि, उनीआबद्ध क्लब ‘एलए ग्यालेक्सी’ले दुईपटक उपाधि चुमे पनि उनको आफ्नै स्वामित्वको ‘इन्टर मियामी’ले भने लियोनल मेस्सीको नेतृत्वमा पहिलोपटक ‘एमएलएस कप’ जितेको हो ।

बेकहमले ‘इन्टर मियामी’ले जितेको रातलाई आफ्नो ‘करिअरकै महान् पल’ भनेर वर्णन गरेका छन् । ‘मैले अमेरिका र एमएलएसका लागि वाचा गरेको थिएँ कि उत्कृष्ट खेलाडी ल्याउने, सपना साकार पार्ने, हामीले उत्कृष्ट खेलाडी ल्यायौं र आज हामी सफल पनि भयौं ।’

बेकहमले ‘खेलाडीका रूपमा ट्रफी जितेदेखि नै मालिकका रूपमा पनि ट्रफी जित्न चाहेको’ उल्लेख गरेका छन् । ‘म यस अविश्वसनीय क्षणका लागि क्लबका सबैप्रति गर्व गर्छु, खेलाडी, कर्मचारी, प्रशंसकको अटल आस्था, प्रतिबद्धता र समर्थनकै कारण आज यो सम्भव भएको हो, यसका लागि धन्यवाद,’ मालिकका रूपमा ट्रफी उचाल्नेक्रममा उनले भनेका छन् ।

अर्जेन्टिनी स्टार लियोनल मेस्सी’bout ‘आफू वर्णन गर्न असमर्थ रहेको’ पनि बेकहमले उल्लेख गरेका छन् । ‘लियोको खुट्टामा जब बल पर्छ, तब उनी अवसर सिर्जना गर्छन्,’ मेस्सीको भूमिका’bout उनले थपे, ‘त्यस रात जित्ने मुख्य कारणमध्ये उनी एक थिए, अर्को वर्ष नयाँ अध्याय हो, आजको उत्सवमा रमाउँछौं, तर लक्ष्य र योजना जारी रहनेछन् ।’ बेकहमले यस जितलाई ‘क्लबका लागि मात्रै नभएर अमेरिकन फुटबल र सम्पूर्ण खेलप्रेमीको भएको’ उल्लेख गरेका छन् ।

त्यसो त, बेकहमका लागि यो जित व्यक्तिगत, भावनात्मक र व्यावसायिक तीनै हिसाबले महत्वपूर्ण छ । एउटा सफल क्लब निर्माण गर्ने सपना, आफ्नै इतिहासमा नयाँ अध्याय लेख्ने अवसर र अमेरिकन फुटबलमा आफ्नो लगानी र विश्वासको प्रतिफल । मेस्सीजस्ता सर्वकालीन् विश्वस्तरीय खेलाडी ल्याउने निर्णय सही सावितसमेत भएको छ । बेकहमले त्यही लगानी र निर्णय सफल ठह¥याए ।

इन्टर मियामी र मेस्सी
इंग्ल्यान्ड राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान डेभिड रोबर्ट जोसेफ बेकहम अहिले अमेरिकाकेन्द्रित इन्टर मियामी एफसीका मालिक छन् ।

२९ जनवरी २०१८ मा स्थापना भएको मियामी २५ मिलियन डलर ‘फ्रेन्चाइज शुल्क’ तिरेर स्थापना गरिएको थियो । यस क्लबले सन् २०२० मा पहिलो सिजन खेलेको थियो । तर, सुरुवाती समय ठूला चुनौती थिए । खेलाडीका प्रदर्शनमा निरन्तरता, टिम निर्माण र प्रतिस्पर्धात्मकस्तरमा टिक्न कठिन थियो । नया“ क्लब भएकाले प्रशंसकको आधार निर्माण गर्न समय लाग्यो । त्यसक्रममा बेकहमले कठिन र अस्थिर समय सामना गर्नुप¥यो । तर, उनी थाकेनन् र पछि हटेनन्, अघि बढि नै रहे ।

सन् २०२३ मा क्लबले एउटा चुनौतीपूर्ण तर महत्वपूर्ण कदम चाल्यो । त्यो कदम थियो, लियोनल मेस्सीलाई क्लबमा भिœयाउने । र, यही“बाट इन्टर मियामीको नया“ यात्रा सुरु हुन्छ । मेस्सीसँगै अन्य अनुभवी विश्वस्तरीय खेलाडीसमेत मियामीमा आबद्ध भए । यसबाट टिमलाई प्रतिष्ठा मात्र होइन, प्रतिस्पर्धात्मक स्तरमा पनि बलियो बनायो र क्लबको छवि, प्रशंसक आधार, आर्थिक मूल्य र गम्भीरता सबैमा छलाङ मा¥यो । सन् २०२३ मा इन्टर मियामीले पहिलो ठूलो ट्रफी जित्यो– लिगकप । यसपछि सन् २०२४ मा क्लबले ‘सपोर्टर्स शिल्ड’ चुम्यो । यो ‘एमएलएस’को नियमित सिजनमा सर्वोत्कृष्ट प्रदर्शक टिमलाई दिने सम्मान हो । यी सफलताले मियामीलाई अमेरिका र अन्तर्राष्ट्रियस्तर दुवैमा मान्यता दिलायो र क्लबको मूल्यमा उल्लेखनीय वृद्धि हुन पुग्यो ।

सन् २०२५ मा सबैभन्दा ठूलो सफलता हात प¥यो, एमएलएस कप । फाइनलमा भ्यानकुभर ह्वाइटक्याप्स एफसीलाई ३–१ ले हराएर उसले पछिल्लो उपाधि आफ्नो नाममा दर्ता ग¥यो । फाइनलमा मेस्सीले दुई महत्वपूर्ण ‘असिस्ट’ गरे, जुन गोलमा परिणत भयो । यस जितले मियामीको सपना साकार बनाएको छ । सन् २०२५ सम्म आइपुग्दा इन्टर मियामी स्थानीय टिम मात्र रहेन, आर्थिक रूपमा ब्रान्ड र ग्लोबलस्तरमा चर्चित संस्था बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार