काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषदमा चार जना थपिने भएका छन्। प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन्। शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम छ।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाउने तयारी छ । नवनियुक्त मन्त्रीहरूलाई क्रमश: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)






