ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सम्पन्न

ललितपुर । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सले नेपालमा उसुको खेलको विकासमा टेवा पु¥याउने विश्वास नेपाल उसु महासंघले लिएको छ ।

महासंघले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक ल्याउने संभावना यो कोर्सबाट प्राप्त भएको महासंघका महासचिव लाक्पा छिरिङ लामाले बताए ।

उसु खेलको विकास मात्र नभएर नतिजामै प्रभाव पार्ने विश्वास

अन्र्तराष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा आयोजना भएको सो कोर्स काठमाडौको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा अघिल्लो साता आइतबारबाट सुरु भएर बिहीबार सकिएको थियो ।

नेपाल उसु महासंघको आयोजनामा भएको सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको उद्घाटन र समापन पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए ।

टेक्निकल कोर्समा सातप्रदेश र विभागीय टिम गरि ६५ जना प्रशिक्षकहरु सहभागी भएको महासघंंका महासचिव लामाले जानकारी दिए ।

उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिएका छन् ।

समापन समारोहमा बोल्दै उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिनले राम्रोसँग कोर्स समापन गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन् । उनले यो सिकाइको मद्दतबाट नेपालमा उसु खेलको विकास मात्र नभएर अन्र्तराष्ट्रिय जगतमा समेत यसले गतिलो प्रभाव पार्ने बताए । उनले नेपालमा कोर्स सम्पन्न भएको समाचार विश्वभर फैलिएकाले यसले उसु खेलको छवी नेपालले बढाएको बताए ।

रोयल सिंगी होटलमा भएको कोर्सको समापन समारोहमा बोल्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले यो कोर्स उसु खेलको विकास नयाँ अध्यायको सुरुवात भएको बताए । उनले खेलमा नतिजा कसरी आफ्नो पक्षमा पार्ने र अंक कसरी लिने विषयमा यस्तो कोर्स निकै महत्वपूर्ण भएको बताए । मेहेनत गरेर पनि जब पोइन्ट आएन भने त्यसको के काम हुन्छ , उनले भने र्, सोलिडेरिटी कोर्सले पोइन्ट कसरी लिन सकिन्छ , खेलको नियम कस्तो हुन्छ त्यसलाई बुझाउने मौका मिल्ने हुँदा सुखद नतिजा ल्याउन मद्दत पुग्छ ।

उनले यो प्रशिक्षक प्रशिक्षणबाट सिकेका कुरा प्रशिक्षकहरुले खेलाडीलाई राम्रोसँग बुझाउन सके पदक र नतिजा धेरै टाढा नभएको स्पष्ट पारे । उनले ओलम्पिक कमिटीले एउटा ओलम्पिकबाट अर्को ओलम्पिकसम्म आइपुग्दा १० वटा खेल संघलाई यस्तो खाले टेक्निकल प्रोग्राममा सहयोग गर्ने गरेको बताए ।

उनले यही कोर्सको बलमा भोली एशियाली होस् या दक्षिण एशियाली खेलकुद लगायत अन्र्तराष्ट्रिय मन्चमा बलियो दाबेदारी पेश गर्न सक्ने क्षमता बढाउन शुभकामना दिए ।

सोलिडारिटी कोर्स गर्न विदेश गएर चर्को मूल्य तिर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको उनले बताए र्। यही कोर्स लिन विदेशमा जानुप-यो भने एक जनाले ३–४ लाख जति खर्च गर्नुपर्छ । , उनले भनेर्, नेपालमै यस्ता विदेशका महान् हस्ती एव विज्ञ ल्याएर सिकाइँदैछ , यो ठूलो अवसर हो । टेक्निकल कोर्स लिइसकेपछि खेलाडीहरुको स्तर बढाउन प्रशिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्ने हुने उनले बताए ।

उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्र्तराष्ट्रिय उसु महासंघसँग समन्वय गरी नेपालमा कोर्स आयोजना गर्न सहयोग पु¥याएकोमा धन्यवाद दिए ।

कोर्सबाट नयाँ नयाँ टेक्निक प्रशिक्षकहरुले सिक्ने अवसर पाएकाले आगामी दिनमा नेपाली उसु खेलले नयाँ उचाइ लिने विश्वास गरे ।

जिल्ला समन्वय समिती काठमाण्डौंका प्रमुख सन्तोष बुढाथोकीले खेलको विकासका लागि स्थानीय तहले वर्षेनी एक डेढ करोड लगानी गरिरहेको बताउँदै काठमाडौंका ११ वटै पालिकासँग उसु खेल जोडिन आग्रह गरे ।

महासंघका अध्यक्ष वीर बहादुर तामाङले ५ दिने ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सले नेपाली उसु खेलको विकासमा नयाँ अध्याय थपेको बताए ।

यसको प्रभावले आगामी वर्ष जपानमा हुने २० औँ एशियाली खेलकुदमा केही न केही पक्कै आउने विश्वास महासंघले लिएको छ ।

अर्को वर्ष जापानको नागोयामा हुने २० औँ एशियाली खेलकुदमा उसु खेलको मुख्य निर्णायकको भूमिकामा रहने प्राविधिक विज्ञ द्वारा प्रशिक्षण दिएको महासघंका महासचिव लामाले जानकारी दिए ।

ट्रेनिङ कोर्समा भारतबाट थाउलोमा २ जना तथा सान्दामा ४ जना गरी ६ जना प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।

यो कोर्सले जापानमा हुने २० औँ एशियाड, १० औँ जुनियर विश्व उसु च्याम्पियनसीप, डकार युथ ओलम्पिक र उसु वल्र्डकप लगायतमा नेपालको उपलब्धिमूलक सहभागीतामा सघाउ पु¥याउने महासंघका सचिव निकेश श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार